नगर प्रमुखको कार्यकक्षमा पत्रकार कुटपिट प्रकरण : दोषीले जरिवानाका साथै ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने

 पत्रकारमाथि कुटपिट प्रकरणमा दोषी ठहरिएका दुई जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाले जरिवाना तथा क्षतिपूर्ति भर्न आदेश दिएको छ ।जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा नगरप्रमुख लालकिशोर साहकै अगाडि पत्रकारहरुमाथि भएको कुटपिटको घटनामा संलग्न उपेन्द्र कुमार साह र धर्मेन्द्र कुमार साहलाई जिल्ला प्रशासन कार्यालयले जरिवाना तोकेको हो । उपेन्द्रलाई १ हजार रुपैयाँ र धमेन्द्रलाई ५ सय रुपैयाँ जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमा