अमेरिकाद्वारा थप चिनियाँ सात उच्च अधिकारीमाथि प्रतिबन्ध

सीएनएन। अमेरिकाले थप ७ जना चिनियाँ उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ। हङकङमाथि निरन्तर दमन गरेका कारण ती अधिकारी माथि प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ। अमेरिकाले चेन डोङ, याङ जियानपिङ, क्यु होङ, लु सिनिङ, टान टिनिउ, हे जिङ र यीन झोङ्गु रहेका छन्। अमेरिका र चीनबीच तनाव बढेपछि एकअर्काका उच्च अधिकारीलाई प्रतिबन्ध लगाउँदै आएका छन्।

सम्बन्धित सामग्री

दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक हटाइने

दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक हटाइने भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण गत महिना अमेरिकाले विभिन्न ८ वटा देशबाट अमेरिका आउनमा रोक लगाएको थियो । डिसेम्बर ३१ सुरु हुने बित्तिकै लागु हुनेगरी यस्तो प्रतिबन्ध हटाइने ह्वाइट हाउसले जनाएको छ । विगत १४ दिनभित्र ती ८ देशमा उपस्थीत भएकाहरुलाई पनि अमेरिका […]

पत्रकार भिसामा जारी प्रतिबन्ध खुकुलो पार्न अमेरिका र चीन सहमत

एजेन्सी । अमेरिका र चीनले पत्रकार भिसामा जारी प्रतिबन्ध खुकुलो पार्न सहमत भएका छन् । अमेरिकी र चीनबीच भएको भर्चुअल शिखर सम्मेलनपछि पत्रकार भिसा प्रतिबन्ध खुकुलो पार्न सहमत भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । बेइजिङले बुधवार यो कदमलाई महत्वपूर्ण उपलब्धी भनेको छ । वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथि चीनले गरेको व्यवहारको निरन्तर निन्दा गर्दै आएको […]

३३ देशबाट अमेरिका आउन लगाइएको प्रतिबन्ध आजदेखि हटाइयो, यस्ता छन् नयाँ नियम

आजदेखि विश्वका विभिन्न ३३ देशबाट विदेशीहरुलाई अमेरिका आउन लगाइएको प्रतिबन्ध हटाइएको छ । झण्डै डेढ बर्षदेखि यूके, साउथ अफ्रिका, ब्राजिल लगायत युरोपका गरी ३३ देशबाट अमेरिका आउनमा विदेशीहरुलाई रोक लगाइदै आएको थियो । त्यस्तै क्यानडा र मेक्सिकोको स्थलनाकाबाट पनि अमेरिका आउनमा रोक लगाइएको थियो । अब उक्त यात्रा प्रतिबन्ध हटेको छ । तर अमेरिका आउने […]

पूर्ण मात्रा खोप लगाएकाका लागि अमेरिका जान हवाई यात्रा खुकुलो

काठमाण्डाै - अमेरिकाले बेलायत, ईयू र अरु देशका मानिसलाई प्रवेश गर्न पाउने गरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । नोभेम्बरदेखि पूर्णमात्रा खोप लगाएका विदेशी यात्रु कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेपछि अमेरिका जान पाउनेछन् । अमेरिकामा गएको वर्ष सुरुबाटै यात्रासम्बन्धी कडा प्रतिबन्ध कायम छन् । गएको हप्ता ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो । तर नयाँ नियम घोषणा गरी ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले अमेरिका प्रवेश गर्नेहरुका लागि पूर्णमात्रा खोप लगाएको हुनुपर्ने बताउनुभयो । अहिलेको नियम अनुसार पछिल्लो १४ ...

इरानका सर्वोच्च नेता खमेनीमाथिको प्रतिबन्ध हटाउने तयारीमा अमेरिका

अमेरिकाले इरानका सर्वोच्च नेता अली खमेनीमाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा विचार गरिरहेको छ ।   एनबीसी न्युजले शनिवार सूत्रहरूलाई उद्धृत गर्दै दिएको खबरअनुसार, ट्रम्प प्रशासनले खमेनी तथा इरानका अधिकारी र सैन्य कमान्डरविरुद्ध लगाएको प्रतिबन्ध हटाउनका लागि अभ्यास भइरहेको छ ।    भिएनामा अमेरिका र इरानका वार्ताकारले यस विषयमा चर्चा गरेका थिए । अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा पुनः फर्काउने पहलअन्तर्गत प्रतिबन्ध हटाउने तयारी गरिएको हो । इरानले आणविक सम्झौताका नियमलाई पालन गर्ने आशा अमेरिकाले ग...

साउदी अरबले ११ देशमाथिको यात्रा प्रतिबन्ध हटायो

बीबीसी। साउदी अरबले ११ देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ। उक्त मुलुकले कोरोना संक्रमण फैलन नदिन बेलायत तथा अमेरिकालगायतका देशमाथि यात्रा प्रतिबन्ध लगाएको थियो। कोरोना संक्रमण कम हुँदै गएका देशहरुमाथि साउदीले मे २९ मा यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको हो। साउदीले कुल २० देशमाथि यात्रा प्रतिबन्ध लगाएको थियो। अमेरिका, बेलायत, यूएई, जर्मनी, इटली, स्विजरल्यान्ड, फ्रान्सलगायतलाई यस्तो प्रतिबन्ध लगाइएको थियो।

साउदी अरबले ११ देशबाट प्रतिबन्ध हटायो

साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो ।गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताए ।गृह मन्त्रालयका अनुसार यी देशमा कोरोना संक्रमण नियन्त्रणमा छ ।साउदीले कूल २० देशमा यात्रा प्रतिबन्ध लगाएको थियो तर अब ११ देशबाट यो प्रतिबन्ध हटाइएको

अमेरिका प्रवेशका लागि विभिन्न १३ देशमा लागेको प्रतिबन्ध फुकुवा

काठमाण्डाै – अमेरिकाले विभिन्न देशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अमेरिकी विदेश विभागको यो निर्णयसँगै अब विभिन्न १३ देशका नागरिकहरु भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् । यसअघि डोनाल्ड ट्रम्प प्रशासनले केही अफ्रिकी देश र धेरैजसो मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन लगायत १३ देशबाट अमेरिका आउने यात्रीलाई प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनले घोषणाा गरेको थियो । पूर्व राष्ट्रपति ट्रम्पको निर्णयलाई उल्ट्याएर जो बाइडेनको प्रशासनले प्रतिब...