रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा देशसँग युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा देशसँग पुनः आग्रह गर्नुभएको छ । अहिले पश्चिमा देशले लगाएका प्रतिबन्धलाई उहाँले ‘निस्क्रिय’ प्रतिबन्धका रुपमा टिप्पणी गर्नुभएको छ । ‘विश्वका शक्ति राष्ट्रले रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन सकेको भए युक्रेनमाथि रुसको आक्रमण पहिले नै रोकिने थियो’ भिडियो सन्देशमा जेलेन्स्कीले भन्नुभएको छ । उहाँले अब पनि सम्भावित गम्भीर अवस्था आउन नदिनका लागि रुसी तेलमाथि प्रतिबन्धसहित कडा कदम चाल्न अपिल गर्नुभएको बीबीसीले जनाएको छ । य...