प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० मा विश्वासको मत लिने भएका छन् ।
सरकारको नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । सरकारको नेतृत्वकर्ता दल विभाजन भए पनि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले असोज २० गतेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसँग सिफारिश गरेको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । ‘असोज २० गतेका लागि प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिश गरिएको...