बैतडी : नेपाली कांग्रेसले देशभर भदौ १८ गते वडा तहको अधिवेशन गर्ने कार्यक्रम तय गरे पनि बैतडीमा भने निर्धारित मितिभन्दा ढिलो हुने भएको छ। अधिवेशनको लागि आवश्यक तयारी नपुगेको भन्दै २१ मात्र सबै वडामा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव वीरवहादुर विष्टले जानकारी दिए। ‘वडा तहको अधिवेशनका लागि तयारी पुगेको छैन्, केन्द्रमा पनि १८ गर्ने कि २२ गर्ने भन्ने अन्योल छ,’ उनले भने, ‘हामीले २१ गते जिल्लाका ८४ वटै वडामा एकै दिन अधिवेशन गर्ने निर्णय गरेका छौं।’निर्