काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामा बढ्दै गएको खाद्य सङ्कटप्रति चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घको सुरक्षा परिषद्ले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको हो ।
लामो समयको खडेरीका कारण उत्तर कोरियामा सन् १९९० को दशकको भोकमरी पुनरावृत्ति हुने भन्दै राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरसको सङ्क्रमण तथा अनुकूल मौसम नहुँदा उत्तर कोरियामा खाद्य उत्पादन घटेको छ । एक अध्ययनअनुसार उत्तर कोरियामा भोकमरीका कारण गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक स...