सुर्खेत : कर्णालीका स्थानीय तहमा ३ अर्ब रूपैयाँभन्दा बढी रकम बेरूजु रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार कर्णालीका गाउँपालिका र नगरपालिका गरी ३ अर्ब २६ करोड ९१ लाख रकम बेरूजु निस्केको हो।कर्णालीका ५० गाउँपालिका र २३ नगरपालिकाको लेखापरीक्षण गरेको महालेखाले नगरपालिकाहरूमा नै १ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ बेरूजु (पेश्कीसमेत) रहेको उल्लेख प्रतिवेदनमा गरेको छ। महालेखाले कर्णालीका ७३ स्थानीय तहमा कुल ६५ अर्ब ३७ करोड ६० लाख र