काठमाण्डाै - नेपाल प्रहरीले सामाजिक सञ्जालमा चर्चा भएको जस्तो बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना नरहेको भन्दै अफवाह नफैलाउन आग्रह गरेको छ ।
केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा बच्चा चोरी गर्ने गिरोह सक्रिय रहेको चर्चा चलेपछि प्रहरीको साइबर ब्युरोले सूचना निकालेर अफवाह नफैलाउन आग्रह गरेको छ ।
ब्युरोले सूचनामा सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । प्रहरीले सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना ...