काठमाडौं : सरकार र राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा जारी हुने निर्वाचन आचारसंहिता इमान्दारीपूर्वक पालना गर्न प्रतिबद्धता जनाएका छन्।आज निर्वाचन आयोगले आयोगमै गरेको सरकार र दलहरूसँगको छलफलमा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। साथै दलहरूले चुनावी प्रचारप्रसारका लागि समय थोरै भएकाले प्रचारप्रसारका लागि समय लम्ब्याउन पनि आयोगसँग माग गरेका छन्।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेक