प्रथम जेफाले भलिबलको उपाधि इटहरीले जित्यो

मोरङको केराबारी–२ जेफालेमा भएको प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगिताको उपाधि इटहरी उपमहानगपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलको टप फाइभमा ३–२ स्कोरले झापाको दमक नगरपालिकालाई पराजित गर्दै इटहरीले उपाधिसँगै ७५ हजार रुपियाँ जितेको हो । ३–२ को जित निकाल्दा पहिलो सेटमा २५–२१ ले दमकसँग हारेको इटहरी दोस्रो सेटमा २५–२१ कै नतिजा निकाल्दै दमकलाई बराबरी स्कोरमा रोक्न सफल भयो । तेस्रो सेटमा इटहरीलाई दमकले २५–२२ ले पराजित गर्दा दमकले २–१ को अग्रता कायम ग¥यो ।