मोरङ – विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा सुरु भएको छ। प्रयोगशालाको महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका क्रममा उद्घाटन गरे। स्वास्थ्यचौकीबाट सेवाग्राहीलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको कोइरालाले बताए। मेयर कोइरालाले भने, ‘मैले चुनावी घोषणापत्रमै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको थिएँ। अहिले सीमित स्रोत साधन […]