देशलाई आत्मनिर्भर बनाउन युवा उद्यमीको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

वैशाख ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउन युवा उद्यमीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।  नेपाली युवा उद्यमी फोरमका पदाधिकारीहरूसित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले मुलुकलाई उत्पादनमा आत्मनिर्भर बनाउँदै सबल अर्थतन्त्र निर्माणका लागि युवा उद्यमी अगाडि आउनुपर्ने बताउनुभयो । सरकारले सधैं उद्यमशिलतालाई बढावा दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उद्यमीहरूलाई नयाँ सोचका साथ उद्यममा लाग्न आग्रह गर्नुभयो । ‘अर्थतन्त्रलाई अब  परनिर्भर बनाएर हुँदैन । हामी आफैं गर्न सक्छौं भन्ने उच्च मनोवलका साथ अगाडि बढ्नुहोओस् । सरकार तपाईंहरुको साथमा छ,’ प्रधानमन्त्री ओलीलाई उद्दृत गर्दै भेटमा सहभागी नेपाली युवा उद्यमी फोरम वीरगञ्जमा अध्यक्ष अनुप अग्रवालले बताए । अग्रवालका अनुसार सो भेटमा प्रधानमन्त्री ओलीले अति आवश्यक बस्तुमात्र आयात गर्न आग्रह गरेका छन् । अनावश्यक वस्तुको आयातले अर्थतन्त्रलाई फाईदा नपु¥याउने भन्दै प्रधानमन्त्री ओलीले दीर्घकालीन लाभका उत्पादनमा जोड दिए ।  निर्यातलाई बढावा दिँदै व्यापारघाटा न्यूनीकरणका उपायमा केन्द्रित हुन प्रधानमन्त्रीले उद्यमीलाई आग्रह गरे । युवा उद्यमीलाई नीति निर्माणमा सहभागी गराउने आश्वासन पनि प्रधानमन्त्रीले ओलीले दिए । युवाहरूले भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउनुपर्ने उनले बताए ।  नेपाली युवा उद्यमी फोरमका केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखेको अगुवाईमा प्रधानमन्त्रीलाई भेट्न पुगेका उद्यमीहरुले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न माग गरेका थिए । उनीहरूले वैदेशिक रोजगारीका नाममा युवा पलायन रोक्न स्वदेशमै रोजगारी सृजनाको वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे । नीति निर्माणको तहमा युवा उद्यमीहरूलाई सहभागी गराएमा नयाँ सोच र प्रयासमार्फत अर्थतन्त्रको उत्थानमा योगदान पुर्‍याउन सक्ने दाबी उनीहरूको थियो । 

सम्बन्धित सामग्री

अर्थतन्त्र जोगाउन वाणिज्यदूतको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडलले देशको अर्थतन्त्र जोगाउन वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बुधबार नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) का सदस्यहरुसँगको भेटघाटमा राष्ट्रपतिले अर्थतन्त्र जोगाउन वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । राष्ट्रपति पौडेलले भने, ‘वाणिज्यदूतहरुले नेपालको अर्थतन्त्र जोगाउन ठूलो भूमिका खेल्नुभएको छ । अर्थतन्त्रलाई अझ सबल बनाउन लाग्नुपर्छ ।’ वाणिज्यदूतहरुलाई राष्ट्रपतिले अर्थतन्त्रलाई माथि […]

पशु स्वास्थ्य प्राविधिकको भूमिका महत्वपूर्ण: पूर्व मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पशु स्वास्थ्य प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।...

लैङ्गिक हिंसा नियन्त्रण गर्न धार्मिक गुरुहरुको भूमिका महत्वपूर्ण

महिला हिंसा नियन्त्रणका लागि धार्मिक गुरुहरुको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन्।...

‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’

काठमाडौँ,४ कार्तिक । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आमनागरिक एवं मतदातासमक्ष निर्वाचनको गतिविधि पु¥याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। राष्ट्रिय समाचार समितिको सहकार्यमा आयोगद्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को सन्दर्भमा ‘प्रदेशस्तरीय सञ्चारमाध्यमसम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएको हो । निर्वाचनमा अनावश्यक खर्च कटौती गर्न व्यावहारिक […]

काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । विश्वविद्यालयको ९३औं सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।‘काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘विज्ञान तथा प्रविधिका क्षेत्रमा उच्च तथा गुणस्तरीय शिक्षा प्रदान गर्न […]

‘समाज सेवामा संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ’

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। फोकस नेपालले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले समाजको सेवामा सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उनले भने । उनले समाजभित्र देखिने विकृति, विसङ्गति, भ्रष्टाचार अन्त्यका ला

संसदलाई पारदर्शी र जनउत्तरदायी बनाउन मिडियाको भूमिका महत्वपूर्ण

संसदलाई पारदर्शी र जनउत्तरदायी बनाउन संचार माध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । आउटलाइन मिडियाले बिहीवार काठमाडौंमा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा सरोकारवालाले संसदलाई जनउत्तरदायी बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।  वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पत्रकारले गर्ने सही रिर्पोटिङले गलत कानून बन्नबाट रोकिने बताए । सूचनाको हक सम्बन्धी ऐन २०६४ बन्ने समयमा मिडियाले गरेको वस्तुनिष्ठ रिर्पोटिङका कारण गलत कानून बन्नबाट रोकिएको अनुभव उनले सुनाए । ‘सूचनाको हक सम्ब...

‘न्यायसम्पादनमा सबैको भूमिका महत्वपूर्ण’

गण्डकी । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले समाजमा न्याय निरुपणका लागि सरोकारवाला सवैको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सर्वोच्च अदातलद्वारा आज पोखरामा आयोजित न्यायपालिकाको रणनीतिक योजनाको कार्यान्वयन तथा फरक मुद्दा व्यवस्थापन पद्धतिको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले प्रत्येक नागरिकले न्यायको अनुभूति हुने गरी न्याय सम्पादनमा ध्यान दिनुपर्ने बताए । न्यायप्रणालीलाई समय सापेक्ष […]