काठमाण्डाै – एभरेष्ट बैंकको इटहरी शाखा सुनसरीबाट वचतकर्ताले जम्मा गरेको डेढ करोड रुपैयाँ चोरी भएको छ । ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको हो ।
३३ जना वचतकर्ताको खाताबाट रकम चोरी भएपछि अनुसन्धानका लागि एभरेष्ट बैंक इटहरी शाखाका प्रबन्धकसहित अहिलेसम्म ९ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डीएसपी राजकुमार राईका अनुसार चोरीमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरुमा बैंकको इटहरी शाखा प्रबन्धक सिन्धु...