युनिलिभरद्वारा कञ्चनजंगा हिमालको सफाइमा नेपाली सेनासँग हातेमालो

काठमाडौँ– युनिलिभरको ‘विश्वलाई दिगो साझा बास स्थान बनाउने’ प्रतिबद्धताको एक अंश रूपमा, यसले ‘हिमाल सरसफाइ अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । कम्पनीले नेपाली सेनासँग उक्त पहलका लागि हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ भएको बताएको छ । युनिलिभरले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग यो दोस्रो सहकार्य भएको पनि बताएको […]

सम्बन्धित सामग्री

कञ्चनजंगा हिमाल सफाइमा युनिलिभरको सहयोग

युनिलिभरले प्रदेश १ मा रहेको प्रसिद्ध कञ्चनजंगा हिमाल सफाइमा सहयोग गर्ने भएको छ । नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने हिमाल सरसफाई अभियान २०२२ मा युनिलिभरले नेपाली सेनासँग हातेमालो गरेको छ ।हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो दोस्रो सहकार्य हो । हिमालको संरक्षण गर्ने र चुचुरो÷हिमाल सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने […]

युनिलिभरद्वारा हिमाल सफाइ अभियानअन्तर्गत कञ्चनजंगा हिमालको सफाइमा हातेमालो

वैशाख ३, काठमाडौं । युनिलिभरले विश्वलाई दिगो साझा बासस्थान बनाउने अभिायन अन्तर्गत ‘हिमाल सरसफाई अभियान-  २०२२’ मा नेपाली सेनासँग हातेमालो गर्ने भएको छ । कम्पनीले नेपाली सेनासँग उक्त पहलका लागि हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ भएको पनि बताएको छ । कम्पनीले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग यो दोस्रो सहकार्य भएको पनि बताएको छ । कम्पनीले हिमालको संरक्षण गर्ने र चुचुरो/ हिमालहरू सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको पनि बताएको छ । फोहरमुक्त विश्वको लागि चक्रिय आर्थिक प्रणालीको दृष्टिकोण रणनीतिको केन्द्रमा रहँदै आएको भन्दै कम्पनीले फोहोरमैला व्यवस्थापनमा लापरवाहीले हिमालहरूको सौन्दर्यलाई तहसनहस पार्नुका साथै विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको बताएको छ ।  काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको  राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाई दिएका छन् ।   हिमाल सफाइ अभियानको सफलताकालागि विश्वसनीय र प्रतिबद्ध साझेदारीको आवश्यकता पर्ने भन्दै उनले युनिलिभरसँग नेपालमा यसलाई निरन्तरता दिन पाउँदा उत्साहित रहेको बताए । यसैगरी कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले यस्तो खालको निरन्तर सहकार्यमार्फत यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चितफोहोरको पुनःप्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेको बताए । नेपालका शिखरहरूको गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशिल रहेको बताए ।  उनले युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध रहेको छ भन्दै । प्लास्टिकको प्याकेजिङयुक्त फोहरको सम्बोधनका लागि कडा मेहनत गर्ने यो अभिायनको उद्देश्य रहेको बताए ।