चर्चामा जि बब र माइलाको र्याप ब्याटल

काठमाडौं : नेपाली हिपहप संगीत अहिलेको अवस्थामा आउनुको एउटा मुख्य कारण रअ बार्जलाई पनि मानिन्छ। जहाँबाट धेरै नयाँ कलाकारको उदय भयो। लाउरे, युनिक पोएट, साकार, बालेन यसका उदाहरण हुन्। आठ वर्षअघि रअ बार्जमा भएको युनिक पोएट र लाउरेको र्‍याप ब्याटल नेपाली हिपहप इतिहासकै सबैभन्दा चर्चित ब्याटल मानिन्छ। उक्त ब्याटललाई युट्युबमा १ करोड ८० लाखभन्दा बढी पटक हेरिएको छ। पहिलेभन्दा धेरै लगानी गरेर त्योभन्दा बढी व्यवस्थित गरेर त्यसपछि पनि र्‍याप ब्याटलका धेरै वटा कार्यक्रम सञ्चालन भ