भारतको संविधानमा नेपाली भाषा सूचीकृत हुँदा भोजपुरी हुन सकेन

एजेन्सी । सन् २०११ मा भारतमा भएको जनगणना अनुसार भोजपुरी भाषा बोल्नेहरूको सङ्ख्या पाँच करोड भन्दा बढी छ । भारतको बिहार (त्यसमा पनि पश्चिम बिहार) र उत्तर प्रदेशको पूर्वी भागलाई भोजपुरीको मूल थलोजस्तै मानिन्छ । त्यसबाहेक झारखण्ड, मध्यप्रदेश, छत्तीसगढ राज्यहरूमा भोजपुरी भाषीको सङ्ख्या ठूलो छ । भारतका पञ्जाब, गुजरात, तमिलनाडू र केरलाजस्ता समृद्ध राज्य तथा त्यहाँको प्रमुख महानगरहरू दिल्ली, मुम्बई, कोलकाता र चेन्नईमा मूलथलोबाट धेरै भोजपुरी भाषीहरू मजदुरी गर्न पुगेका छन् । भारतबाहिर झण्डै