अहिलेका युवा माटो छुँदैनन्, अब कसले बनाउँछ पाला ?

नवलपरासी - पूर्वी नवलपरासीको कावासोती– ३ का ६० वर्षीय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसके । हिन्दुहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै माटोको पाला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्नका लागि पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उनी व्यस्त हुन्छन् । &nbs...

सम्बन्धित सामग्री

माटोका भाँडा बनाउन प्रविधिले सहज

घोराही (दाङ) । गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो अहिले आफै माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन । परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटो मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका माटोका भाँडा पकाउन आधुनिक भट्टी निर्माण भएपछि पछिल्लो समय माटोका भाँडा बनाउने काममा सहज भएको उनले बताए ।  ‘पहिले जङ्गलबाट ल्याएको माटो मुछ्नै समस्या हुन्थ्यो, तर अहिले मेसिनबाट एकैछिनमा माटो तयार हुन्छ,’ उनले भने, ‘प्रविधिका बारेमा थाहा नहुँदा काममा ढिलाइसँगै दुःख हुन्थ्यो, तर अहिले यी समस्या हटेका छन् ।’ प्रविधिले गर्दा काम छिटो हुनुका साथै धेरै सामग्री उत्पादन गरेर विक्री गर्दा आम्दानीसमेत बढेको उनको भनाइ छ । राजकुमारको जस्तै अनुभव सोही ठाउँ निवासी ५६ वर्षीय तारा थारू कुमालको पनि छ । लामो समय परम्परागत आफूले माटो मुछ्नेदेखि हातेचक्काको भरमा माटोका सामग्री बनाएका ताराले विगत एक वर्षदेखि मोटरको माध्यमबाट चक्का चलाएर माटोका भाँडा बनाउँदै आएको बताए । ‘पहिलेको तुलनामा अहिले माटो मुछ्नदेखि बनाएका भाँडा पकाउनसमेत सजिलो भएको छ,’ उनले भनिन्, ‘जसले गर्दा थकाइ नलाग्ने र छोटो समयमै धेरै काम गर्न सकिने भएको छ ।’ माटोका भाँडा बनाउने पेसामा दुःख र मेहनत धेरै गर्नुपर्ने भएका कारण लामो समय गर्न नसक्ने अवस्था भएको भन्दै प्रविधिको सहजताले पछिसम्म पनि काम गर्न सकिन्छ कि भन्ने आँट पलाएको उनी बताउँछन् । ‘परम्परागतरूपमा पहिले काम गर्दा माटो मुछ्नेदेखि पकाउन समस्या थियो, कहिलेकाहीं त मेहनत नै खेर जाने अवस्था हुन्थ्यो,’ पत्रिङ्गा निवासी ताराले भने, ‘अहिले त्यो जोखिम छैन, प्रविधिको सहजताले माटो मुछ्ने, भाँडा बनाउनेदेखि पकाउनसमेत आधुनिक भट्टी बनेको छ ।’ आधुनिक भट्टीका कारण कम दाउरामै धेरै सामग्री पाक्ने गरेको उनले बताए ।  उनीहरूले माटोबाट घैंटा, मट्टे, गमला, पाला, करुवा, हाँडी, खुत्रुकेलगायतका आकर्षक सामग्री तयार पारी विक्री गर्दै आएका छन् । पछिल्लो समय दशैं, तिहारजस्ता पर्वमा बत्ती बाल्ने पाला, घरमा पुष्प रोप्नका लागि गमलासँगै विभिन्न सांस्कृतिक कार्यक्रममा चौधरी समुदायका महिलाले बोकेर लैजाने मट्टेलगायतका सामग्री राम्रै विक्री हुने उनी बताउँछन् ।  यसरी बनाइएका सामग्री पहिले बोकेरै विक्री गर्न गाउँगाउँ जाने गरे पनि पछिल्लो समय घरबाटै विक्री हुने गरेको उनले बताए । ‘पहिले बनाएका सामग्री विक्रीका लागि आफै जानुपर्ने अवस्था थियो, तर अहिले घरबाटै विक्री हुने गर्दछन्,’ उनले भने, ‘हामीले बनाइदिन्छौं, व्यापारी घरमै आएर लग्ने गर्छन् ।’ विगतको तुलनामा कम विक्री पछिल्लो समय माटोबाट बनेका सामग्रीको विक्रीमा कमी हुँदै आएको छ । प्रविधिको विकाससँगै धातु तथा प्लास्टिकका सामग्रीको प्रयोग बढेपछि माटोबाट बनेका सामग्रीको विक्रीमा कमी आएको गढवा गाउँपालिका–३ गैरा निवासी कमला कुमाल बताउँछन् । विशेषगरी प्लास्टिकका भाँडाको प्रयोग बढेपछि माटोका भाडा विक्रीमा कमी आउनुका साथै केही परिवारले काम नै छोडेको उनको भनाइ छ । दशैं, तिहारलगायतका पर्वमा विक्री हुने पालालाई पछिल्लो समयमा झिलीमिली बिजुली बत्तीसँगै घैंटा, मट्टे, करुवा, गिलासलाई धातु र प्लास्टिकका गिलासले विस्थापित गरे पनि पछिल्लो समय परम्परागत सामग्रीले प्राथमिकता पाउन थालेपछि केही उत्साह थपिएको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय मट्का चियाका लागि गिलाससँगै कार्यक्रममा सजाउनका लागि गमला, मट्टेलगायतका भाँडा विक्री हुने गरेको उनी बताउँछन् । रासस

अहिलेका युवा माटो छुँदैनन्, अब कसले बनाउँछ पाला ?

नवलपरासी - पूर्वी नवलपरासीको कावासोती– ३ का ६० वर्षीय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसके । हिन्दुहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै माटोको पाला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्नका लागि पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उनी व्यस्त हुन्छन् । &nbs...

भक्तपुरमा बनेका पालाको माग उच्च

गृष्मा राजभण्डारी र सुमित्रा केसी काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको ठिमीमा प्रजापति समुदायलाई माटाको पाला बनाउन चटारो परेको छ । माटो चोखो हुने मान्यताले लक्ष्मी पुजामा यसैका पाला प्रयोग गर्ने भएकाले बजारमा माटोको पाललाको माग उच्च रहेको छ । भक्तपुरका ठिमीका विक्रम प्रजापति तिहार सुरु हुनुभन्दा करिब दुई महिना अघिदेखि नै माटोको पाला बनाउन व्यस्त […]

पाला बनाउने पेसा संकटमा : बजार छ, माटो छैन

भक्तपुर । घरजस्तै देखिने सानो छाप्रो । छाप्रो पोलिएका पाला अर्थात् माटोको दियो । त्यही पालालाई साबेल र हातबाटै निकाल्दै छिन् सीतालक्ष्मी प्रजापती । उमेर चार दशक नाघेकी प्रजापतीलाई हरेक वर्षको तिहारमा पाला बनाउन भ्याइनभ्याइ हुन्छ । अरु समयको तुलनामा तिहारमा पालाको माग धेरै हुने भएकोले उनीसँगै उनका श्रीमान् रत्नसुन्दर प्रजापती पनि सोही काममा व्यस्त हुन्छन् […] The post पाला बनाउने पेसा संकटमा : बजार छ, माटो छैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पाला बनाउने पेसा संकटमा : बजार छ, माटो छैन

भक्तपुर- घरजस्तै देखिने सानो छाप्रो । छाप्रो पोलिएका पाला अर्थात् माटोको दियो । त्यही पालालाई साबेल र हातबाटै निकाल्दै छिन् सीतालक्ष्मी प्रजापती । उमेर चार दशक नाघेकी प्रजापतीलाई हरेक वर्षको तिहारमा पाला बनाउन भ्याइनभ्याइ हुन्छ । अरु समयको तुलनामा तिहारमा पालाको माग धेरै हुने भएकोले उनीसँगै उनका श्रीमान् रत्नसुन्दर प्रजापती पनि सोही काममा व्यस्त हुन्छन् […]

झिलीमिली तिहार : माटाका पाला बनाउने चटारो

हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार हर्षोल्लासपूर्वक मनाइन्छ । झिलीमिली बत्ती, देउसी–भैलो, विभिन्न पशुपन्छीको समेत पूजाआजा गरी मनाइने यो पर्वमा खासगरी माटोमा पालामा बत्ती बाल्ने चलन छ । पालामा तेल राखेर बाल्ने दियो धेरै बेरसम्म बल्ने गर्छ । यसैले पनि यसको विशेष महत्त्व छ । तिहार नजिकिएसँगै यतिबेला भक्तपुरका प्रजापति समुदायलाई पालासहित माटाका भाँडा बनाउन भ्याइनभ्याइ छ । दरबार भक्तपुर स्क्वायर, थिमी, बोलाछेँ, ब्यासीलगायत स्थानमा तिहारका लागि आवश्यक पर्ने पालासहित माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ । तिहारको माहोल शुरू भएसँगै काठमाडौं उपत्यकामा माटोको सामानका लागि प्रख्यात भक्तपुरका कुम्हाल समुदायका मानिस दिनरात पालासहितका सामान बनाउन व्यस्त छन् । एकजनाले राम्रोसँग काम गर्दा दिनमा १ हजार ओटासम्म पाला बनाउन सक्ने बताइन्छ । तिहारमा पाला बनाएर बेच्नेले ५०–६० हजारसम्म कमाउने गरेको सम्बद्ध व्यवसायीको अनुभव छ । तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै विक्री हुने गरेको छ । साधारणतया पाला चार प्रकारको हुन्छ । सबैभन्दा सानो पालाको १०० ओटाको २०० रुपैयाँ पर्छ । त्यस्तै त्यसभन्दा ठूलाको प्रतिगोटा क्रमशः १०, १५ र २० रुपैयाँ पर्दछ । कतिपयले आगोमा नपोलेको पाला लैजाने गरेका छन् । त्यसको तीनओटाको ५ रुपैयाँ पर्छ । कतिपयले काँचो पालालाई चोखो मान्ने गरेको व्यवसायी बताउँछन् । पाला बनाउन झञ्झट हुने र कमाइ पनि तुलनात्मक रूपमा कम हुने भएकाले पछिल्लो समय यस समुदायका युवा पालाभन्दा अन्य सामग्री बनाउनेतर्फ आकर्षित हुन थालेका छन् । माटोको भाडो बनाउन झन्झटिलो हुने भएकाले पछिल्ला पुस्ताले विस्तारै यो पेशा छोड्दै गएको विगत ५४ वर्षदेखि माटोको भाडा बनाउँदै आएका ७० वर्षीय नरेशभक्त प्रजापति बताउँछन् । एक पाला बनाउने अर्का व्यवसाय सञ्जय प्रजापतिका अनुसार पाला बनाउनेहरू पलायन हुनुको प्रमुख कारण व्यवसाय समय अनुकूल फस्टाउन नसक्नु नै पनि हो । ‘महँगी दिनप्रतिदिन बढिरहेको छ, सानो छँदा हामी यहीँ नजिकैबाट पालाका लागि आफैमाटो झिकेर ल्याउँथ्यौं, अहिले माटो उपत्यकामा नपाए दाङबाट ल्याउनुपर्ने बाध्यता छ । माटो खोज्दै उपत्यका बाहिर पुग्दा भाउ पनि स्वतः बढेको छ । तर विगत केही वर्षदेखि पालाको मूल्य बढ्न सकेको छैन । माटोको मूल्य बढ्दा पालाको मूल्य यथावत् रहँदा हामीले घाटा समेत बेहोर्नुपरेको छ,’ उनले भने । तर माटोको भाँडा बनाउन अहिले प्रविधिको सहयोगले अहिले धेरै सहज भएको उनको अनुभव छ । छिटो छरितो रूपमा माटोको भाँडा बनाउन हातले घुमाउनुपर्ने चक्रको सट्टा अहिले विद्युतीय चक्रको प्रयोग हुन थालेको छ । ‘पहिले–पहिले माटो खुट्टाले फुटाइन्थ्यो । अहिले त्यसका लागि मेशिन प्रयोग गरिन्छ, त्यसपछि भाडा बनाउन चक्र हातले घुमाउनपथ्र्यो, तर अहिले मोटर प्रयोग गरिन्छ,’ प्रजापतिले भने । सबै चीज सहज भए पनि यो पेशामा भविष्य नदेखेर युवाले अन्य काम रोज्ने गरेका छन् । व्यवसायीका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्यधिक हुने गरेको छ । तिहारमा मैनबत्ती बाल्ने प्रचलन पनि उत्तिकै छ । तर केही वर्षयता मैन भरेको पाला बाल्ने चलन पनि बढेको छ । सुरक्षाको दृष्टिकोणले समेत  पाला राम्रो मानिन्छ । यही कारण यसको माग बढेको सम्बद्ध व्यवसायी बताउँछन् । तिहारका लागि माटोका पाला, भिउँट, ठेकी, धुपौरो लगायत सामग्रीको माग समेत उच्च हुने गरेको छ । तिहारमा तेलबत्ती बाल्न माटोको पालाको अत्यधिक माग धान्न सपरिवार काममा खटिरहेको कुम्हाले समुदाय बताउँछन् । समाज आधुनिकीकरणतर्फ उन्मुख हुँदै गए पनि कृत्रिम पालाले माटोको पालालाई विस्थापित गर्न नसकेको उनीहरूको भनाइ छ । तिहारमा खासगरी पाला, धुपौरो, खुत्रुके किन्नेहरू पनि बढी हुन्छन् । ठूलो परिमाणमा चाहिने माटाका सामग्री किन्न काठमाडौं, ललितपुर, काभ्रेलगायत जिल्लाका मानिस समेत भक्तपुर पुग्ने गरेका छन् ।

‘हाम्रा लागि माटो व्यवस्थापन गर्ने सरकार भइदिएन’

काठमाडौं : भक्तपुरको बोलाछेँ टोल (पोटरी स्क्वायर)। मंगलबार बिहान ती टोलमा पाला (दियो) खुत्रुके लगायत बनाइएका माटाका भाँडा सुकाइएका थिए। कुनै सुकिसकेका माटाका भाँडा सजाएर लहरै भुइँमा राखिएका थिए।केही सञ्चारमाध्यमबीच माटाका भाँडाका तस्बिर खिच्न होडबाजी चलिरह्यो। कोही पर्यटक ती भाँडा हेरेर आनन्द लिइरहे। त्यसै वेला एक कुमालेले गुनासो पोखिन्, ‘फोटो मात्रै खिच्छन्, हाम्रो समस्या बुझ्दैनन्। माटो पाएका छैनौँ तर यी समस्या कसले बुझिदिने ?’ गुनासो पोख्ने व्यक्ति थिइन्‚

माटोले धानेको कुलुर कुमालको जीवन

देउखुरी गढवा गाउँपालिका–३ खैरा निवासी कुलुरकुमार थारु कुमालको छ दशक बढी जीवन माटोका भाँडा बनाउनैमा बितिसक्यो । आफुले थाहा पाउने बेलादेखि माटोबाट बन्ने सामग्री घण्टा , ठेगी, हाँडी, पाला, गमलालगायतका सामान बनाउन सिकेका कुलुरकुमालले अहिले पनि तिनै सामग्री बनाउँदै आएका छन् । तर माटो पनि सहज छैन, धेरै स्थानमा धाउनु पर्छ । बाढीले सजिलो माटोको खानी पुरिएको छ । त्यसैले धेरै खोला नालाको किनार धाउनुपर्छ ।