नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै शाखारहित बैंकिङ सेवालाई व्यवस्थित गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्थाले संस्था स्वयं वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) मार्फत समेत शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।पछिल्लो समय विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि […]