भूतपूर्व गोर्खा सैनिकको पेन्सन बढ्ने

काठमाडौं, पुस १। बेलायती रक्षा मन्त्रालयले गोर्खा भूतपूर्व सैनिकको पेन्सन बढाउने भएको छ । बेलायती रक्षा मन्त्रालयले सो जानकारी लन्डनस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयमा पठाएको छ । बेलायतले २१ वर्षअघि भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा १ सय ४० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । सो प्रतिबद्धता लामो समय कार्यान्वयनमा आउन सकेको थिएन । […]