जाजरकोट रानागाउँका नवराज विकसहित छ जना युवकको सामूहिक हत्याका आरोपी २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलको इजलासले बुधबार यस्तो आदेश गरेको हो ।
सोतीगाउँ सामूहिक हत्याको घटनामा संलग्नताका आरोपीमध्ये २३ जनालाई पुर्पक्षका क्रममा थुनामा पठाउन आदेश भएको स्रेस्तेदार कीर्तबहादुर बोहराले बताउनुभयो । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित डिल्ली मल्ल, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, लिपेन्द्र मल्ल, विनोद मल्ल, हर्क मल्ल लगायतलाई थुनामा पठाइएको उहाँले बताउनुभयो ।