नेपालमा कोभिडको जेएन.१ सब भेरियन्ट फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

विश्वका केही देशहरुमा कोभिड–१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन.१ बाट संक्रमित हुनेको संख्या केही बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग रहन आग्रह गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो निगरानी प्रणालीलाई पनि सचेत रहन निर्देशन दिइएको बताएको छ ।