काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्नुपर्ने बताएकी छन्। आइतवार बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यसको लागि बैंकिङ तथा वित्तिय संस्थाहरुले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरु बनाउनु पर्ने जनाइन्। पुँजी निर्माण र परिचालनका क्षेत्रमा सरकारका उदेश्यहरु उपयुक्त हुँदाहुँदै पनि अपेक्षित सफलता हात नपरेको उनले बताइन्।