प्रधानमन्त्री ओलीद्वारा लेखिएको गित ‘नेपालमा जन्मिए, म त कति भाग्यमानी’ सार्वजनिक (भडियाे सहित) - Purbeli News

काठमाडौं / प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको गित सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको शब्दलाई शिशिर योगीले स्वर र संगीत दिएका छन् । भिडियाे

सम्बन्धित सामग्री

मन्त्री नै मन्त्री

सबै विदेश गए, देशै रित्तियो, गाउँ नै सिध्यियो भनेर हल्लाखल्ला छ । तर दशैंमा गाउँ गाको, के रित्तिन्थ्यो, गाउँ गाउँमा चहलपहल पो देखियो त । गाईबाख्रा कुद्ने डाँडाकाँडामा गाडीहरू धुलो र धुँवा उडाउँदै कुदेका देखिए । तीमध्ये धेरै त झण्डावाला मन्त्रीहरूका र तिनको अघिपछि लाग्ने डन्डावालाका कार नै धेरै थिए । आम्मामा, मन्त्री त कति कति । दशैंको टीकामा मान्यजनले दिने आशिर्वाद भने अलि फेरिँदै गएको सुनिन्थ्यो, ‘आयु द्रोणसुतेका सट्टामा कि त ‘छिट्टै विदेश जाने चाँजापाँजो मिलोस्’ भन्ने थियो भने धेरैले ‘छिट्टै मन्त्री बन्नू’ भन्ने आशिर्वाद दिइरहेका देखिन्थे । प्रदेशहरूमा बेरोजगारहरू पनि सजिलै मन्त्री बनेका अनुभवका कारण यो नयाँ आशिर्वाद प्रादुर्भाव भएका हुनुपर्छ । हो, गणतन्त्र आएपछि सबै वस्तुमा परनिर्भर भए पनि हाम्रो देश मन्त्रीहरूमा भने आत्मनिर्भर छ । कति धेरै मन्त्रीहरू छन् देशैभरि । प्रदेशका र केन्द्रका नयाँ मन्त्री, वर्तमान मन्त्री, भूपू मन्त्री । देशैभरिका सडकमा फोहोर छरिएसरी मन्त्रीहरू छरिएका छन् । सरकारको त्रिपाल मन्त्री नामक यै हिँडडुल गर्ने बाँसका खम्बाहरूमा त टिकेको छ । बाँसहरू हल्लिरहन्छन्, सरकार चलिरहन्छन् । हामी हाम्रो जीवनमा कति मन्त्रीहरू देख्छौं ? यो देशमा धेरै कुर्सीहरू छन् र धेरै मानिसहरू छन् । तर जब केही खास कुर्सीहरूमा केही खास मान्छेहरू बस्छन् त ती मन्त्री बन्छन् । कतिपय मानिसहरू मन्त्री हुनुलाई आफ्नो जीवनको प्रमुख लक्ष्य मान्छन् । जन्मिए, मन्त्री बने र मरेर गए । केही मानिस देशका लागि मन्त्री बन्छन् । केही पार्टीका लागि त केही साथीका लागि । तर धेरै आफ्नै लागि । तर धेरै मानिसहरू गिलासका लागि वा विलासका लागि मन्त्री बन्छन् । तपाईं एउटा मान्छेको हाउभाउ, हिँडाइ, लवाइ, खवाइ, चालढाल देखेर टाढैबाट भन्न सक्नुहुन्छ कि ‘ऊ मन्त्री आइराको छ’ भनेर । किनकि मन्त्री बन्नका लागि सबै कुरा आवश्यक हुन्छ, तर योग्यता वा दक्षता भने आवश्यक हुन्न । मूर्ख मान्छे एकदम राम्रो मन्त्री बन्न सक्छन् । त्यसैले मूर्खहरू नै लामो समयसम्म मन्त्रीमा टिकिरहन सक्छन् । मन्त्री बन्दै बन्दै कतिपय मौकामा मुख्यमन्त्री वा प्रधानमन्त्री नै बन्न भ्याउँछन् । तपाईंहरूमध्ये कोही मूर्ख हुनुहुन्छ भने मन्त्री बन्न कोसिस गर्न सक्नुहुन्छ । यदि पटमूर्ख हुनुहुन्छ भने त छिट्टै नै बन्नुहुन्छ । बुद्धिमान् मानिस यही कारण नै शायद राजनीतिमा आउँदैनन् । उनीहरूलाई डर हुन्छ कि कतै कुनै दिन उनी मन्त्री नबनाइयुन् । फेरि मूर्ख मानिसहरू मन्त्री बनेनन् भने कहाँ जान्छन्, के गर्छन् बिचरा ? त्यै भएर त हामीहरू मूर्खहरूलाई सांसद चुन्छौं र पछि उनीहरू मन्त्री बन्छन् । यदि मूर्ख भएर पनि तपाईं मन्त्री बन्न सक्नुभएन भने मन्त्री भएपछि पक्कै मूर्ख बन्नुहुन्छ । त्यसैले त मन्त्री भएपछि कार्यक्रमहरूमा गएर उनीहरूले के के बोल्छन्, उनीहरूलाई नै थाहा हुन्न । गणतन्त्र आएपछि सबै वस्तुमा परनिर्भर भए पनि हाम्रो देश मन्त्रीहरूमा भने आत्मनिर्भर छ । कति धेरै मन्त्रीहरू छन् देशैभरि । प्रदेशका र केन्द्रका नयाँ मन्त्री, वर्तमान मन्त्री, भूपू मन्त्री । देशैभरिका सडकमा फोहोर छरिएसरी मन्त्रीहरू छरिएका छन् । मलाई के लाग्थ्यो भने केन्द्रमा मात्र केवल एउटा सरकार भएकाले सबैभन्दा धेरै मूर्ख मन्त्रीहरू हामीकहाँ छन् । तर जब मैले सबै प्रदेश घुम्ने मौका पाएँ, तब मेरो घमण्ड चकनाचुर भयो । किनकि केन्द्रमा भन्दा एकसे एक महामूर्खहरू प्रदेशमा पनि रहेछन् । वास्तवमा स्थानीय तहका टाउकेहरूलाई पनि मन्त्री भनिदिएको भए गज्जप हुन्थ्यो । किनकि, आखिरमा तिनका हाउभाऊ र तुजुक पनि कुनै मन्त्रीका जस्तै त छन् । र ती पनि एक से एक प्रदेशका मन्त्रीहरूभन्दा कम मूर्ख त छैनन् ! तपाईंलाई थाहै छ मूर्खता दुई किसिमको हुन्छ । एउटा जुन प्रकट हुन्छ, दोस्रो जो प्रकट हुँदैन । मन्त्री जसै काम गर्न शुरू गर्छन्, तब मूर्खता प्रकट हुन शुरू हुन्छ । यसैले त हाम्रो देशमा मन्त्रीहरू कामै गर्दैनन् र त उनीहरू बाहिरबाट बुद्धिमान् देखिन्छन् । प्रत्येक मन्त्री अलग अलग ढाँचाका हुन्छन् । कुनै मन्त्रीहरू प्राय: यात्रा गरिरहन्छन् । वहाँबाट यहाँ, यहाँबाट वहाँ गरिरहन्छन् । कतिपय मन्त्रीहरू हरेक प्रकारका कार्यक्रममा भाग लिन पुगिरहन्छन् । विवाह, शवयात्रा, उद्घाटन, सेमिनार, विदेश यात्रा आदिमा उनीहरू जहाँ कहीँ भेटिन्छन् । कुनै मन्त्री बडो स्टन्टबाज हुन्छन् । नयाँ नयाँ फन्डा देखाइरहनुलाई आफ्नो धर्म र कर्म नै ठान्छन् । मन्त्रीहरू कुनै फाइल अघि बढाउँछन्, कुनै बढाउँदैनन् । कुनै कुनै फाइल अघि बढाउँछु भनेर पनि अघि बढाउँदैनन् । उनीहरू जहाँ गए पनि भ्रष्टाचार निर्मूल पार्छु भनेर भाषण गर्छन् । तर प्राय:ले आफै अग्रसर भएर भ्रष्टाचार गर्छन् भने कतिले चैं श्रीमती, छोराछोरी, सालासाली, भान्जाभान्जी वा बिचौलिया आदिमार्फत गर्छन् । यो उनीहरूको आवश्यकता नभई बाध्यता हो । किनकि यो देशमा कति धेरै बेरोजगारी फैलिएको छ । यी बेराजगारहरूमध्ये एउटा ठूलो संख्या मन्त्री पदमा रोजगार हुन पाएका छन् । अझ तीमार्फत तिनका पीए, प्रेस सल्लाहकार आदिले पनि जागीरमा झुन्डिन पाएका छन् । त्यसैले, जब मन्त्रीमण्डल नयाँ बन्छ वा विस्तार हुन्छ, मलाई असाध्यै खुशी लाग्छ । ल, केही थपले रोजगारी पाए भनेर । ६–८ महीना वा वर्ष दिन मन्त्री बन्न पाएपछि एउटा मन्त्रीले जिन्दगीभरिका लागि आम्दानीको जोहो गर्छ । मन्त्री पदबाट हटेपछि एउटा मन्त्री कुनै पनि काममा काम लाग्ने रहँदैन । त्यसो त मन्त्री पदमा हुँदा पनि ऊ कुनै काम लाग्ने त हुँदैन नै । खैर, अहिलेलाई भने हाम्रो देशका मन्त्रीहरूका संख्या र यिनीहरूका कारनामाहरूलाई व्यवस्थित तरीकाले रेकर्डमा राख्नु अत्यावश्यक छ । किनकि ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’मा समावेश गरेर देशको नाम विश्वमा अझ फैलाउनु छ नि त ! बरु आउनुस्, हामी पनि मन्त्री बन्ने वा बनाउने र देशबाटै बेरोजगारी हटाउने अभियानमा लागौं ।

छोराभन्दा कम जन्मिए छोरी: कुन उमेरका कति महिलाले कति बच्चालाई जन्म दिए?

नेपालमा एक वर्षको अवधिमा छोराभन्दा छोरी कम संख्यामा जन्मिएका छन्। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा छोराभन्दा तीन प्रतिशत कम छोरीको जन्म भएको छ।

अब अस्पतालमा जन्मिएका बच्चाको विवरण सीधै पञ्जीकरण विभागमा

काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अस्पतालमा जन्मिएका बच्चाको विवरण सिधै विभागमा लिने प्रक्रिया अगाडि बढाएको छ । विभागकी निर्देशक विनीता भट्टराईले अस्पतालमा बच्चा जन्मिएको विवरण फारम अस्पतालबाटै भरेर विभाग आउने व्यवस्था मिलाइएको जानकारी दिइन् । केही समयमै यो व्यवस्था सुरु हुने उनले बताइन् । यसो गर्दा कति बच्चा कहिले जन्मिए भन्ने यकिन […]

यौनिक अल्पसंख्यकको जनसंख्या कति हो ?

सामान्यतया कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा मान्छ या कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई...

लघुकथा: विश्वास

गोपालसँग बिहे भएको दुई वर्षपछि प्रमिलाले छोरी जन्माइन् । सबै खुसी भए । त्यसपछि दुईवटी छोरी जन्मिए । कोही खुसी भएनन् । छोरा जन्माउन सक्दिनस् भन्ने श्रीमान्को अपशब्दले कायल थिइन् । भगवान् पनि कति निर्दयी । सधैँ पूजा गरेकै छु । प्रमिला मनमनै भन्छिन् ।