महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पति विवरण झिकाएको छ । समितिले न्याय परिषदबाट सम्पत्ति विवरण झिकाएको हो । न्यायपरिषदले झिकाएको जबराको सम्पति विवरणअनुसार सुन चाँदी, विभिन्न बैंकमा रहेको ब्यालेन्स उल्लेख छ । त्यस्तै जबराले दुई वर्षअघि श्रीमती रेजी राणाको नाममा २४ आनाभन्दा बढी जग्गा खरिद गरेको भेटिएको छ भने १७ असार २०७७ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा खरिद गरेको पाइएको छ । उक्त जग्गा ८ करोड २६ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ ।यस्तो छ