सडक दुर्घटनामा हलिउड अभिनेत्री एनी गम्भीर घाइते

हलिउड अभिनेत्री एनी हेचे सडक दुर्घटनामा गरेकी छन् । उनको कार लस एन्जलसको मार भिस्टा क्षेत्रमा रहेको एउटा भवनमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा ५३ वर्षीया एनी गम्भीर घाइते भएकी छन् । दुर्घटनापछि उनलाई अस्पताल पुर्याइएको थियो । उनको अवस्था अहिले नाजुक रहेको बताइएको छ । एनीले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।रिपोर्टका अनुसार एनी हेचेको लस एन्जलसमा शुक्रबार

सम्बन्धित सामग्री

अभिनेत्री एन हेचको निधन

हलिउड अभिनेत्री एन हेचको निधन भएको छ । एकसाता अगाडि सडक दुर्घटनामा परेकी हेचेको ५३ वर्षको उमेरमा निधन भएको हो । एकसाता अगाडि उनको कार लस एन्जलसको मार भिस्टा क्षेत्रमा रहेको एउटा भवनमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि उनलाई अस्पताल पुर्याइएको थियो । उनले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।

कार दुर्घटनामा गम्भीर घाइते हलिउड अभिनेत्री हेचेको उपचारको क्रममा निधन

काठमाडौं । कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचेको उपचारको क्रममा निधन भएको छ । क्यालिफोर्नियाको एक अस्पतालले उनलाई कानुनी रुपमा मृत घोषणा गरेको हो । तर अंगदानको निधो नभएसम्म भने उनको शवलाई भेन्टिलेटरमै राखिने जनाइएको छ । आगामी मंगलबारसम्म भेन्टिलेटरबाट निकालेर एनीको अंगलाई दान दिने तयारीमा परिवार छ । ‘आज हामीले […]

हलिउड अभिनेत्री एनी हेचेको परिवारले भन्यो- अब उनी बाँच्ने आशा छैन

काठमाडौं । गत साता अमेरिकाको लस एन्जलसमा भएको एक कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचे बाँच्ने सम्भावना लगभग नरहेको उनको परिवारले जनाएको छ । उनको परिवार र साथीहरुका एक प्रतिनिधिले सीएनएनलाई बताएअनुसार उनको बाँच्ने आशा गरिएको छैन । ‘दुर्भाग्यवश, दुर्घटनाको कारण उनको मस्तिष्कमा गम्भीर चोट लागेको छ र उनी गम्भीर अवस्थामा […]