नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

नेपाल फाइनान्सले ललितपुर फाइनानसलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल फाइनान्सको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।प्राप्ति गरिसकेपछि संस्थाको प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त व्यवस्था गर्न र नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम लगत कट्टा, आबश्यक संशोधन÷परिमार्जन लगायतका कागजातहरु तयार गर्ने विवरण उपलब्ध गर्न गराउन […]

सम्बन्धित सामग्री

ललितपुर फाइनान्सलाई प्राप्ति गरी नेपाल फाइनान्सले शुरु गर्‍यो एकीकृत कारोबार

असार २८, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडसँगको प्राप्ति प्रक्रिया पूरा गरी आइतवारदेखि एकीकृत कारोबार शुरु गरेको छ । दुई कम्पनी एक भई नेपाल फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् । दुवै कम्पनीले जेठ २८ गते विशेष साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनीहरुलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबार शुरु गरेका हुन् । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्न गत पुस २३ गते प्रारम्भिक सम्झौता गरेको थियो । नेपाल फाइनान्सले १ बराबर १ शेयर आदानप्रदान गर्ने सम्झौता बमोजिम ललितपुर फाइनान्सलाई प्राप्ति गरेको हो । रू. ३० करोड ५५ लाख ५१ हजार चुक्तापूँजी भएकोे नेपाल फाइनान्सले रू. २३ करोड ६८ लाख ७४ हजार चुक्तापूँजी रहेको ललितपुर फाइनान्सलाई प्राप्ति गरेको हो ।  यस अघि ललितपुर फाइनान्सलाई प्राइम कमर्सियल बैंकले प्राप्ति गर्ने भएको थियो । प्राइम कमर्सियलसँग उक्त सम्झौता भाडिएपछि नेपाल फाइनान्सले प्राप्ति गरेको हो । प्राप्ति पश्चात बनेको कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा रहनेछ ।