शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन आग्रह

विभिन्न राजनीतिक दलका नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन आग्रह गरेका छन् । यहाँ काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय व्यवस्थापन’ विषयक अन्तक्रियामा नेताहरूले शान्ति प्रक्रियामा उल्लेख भएअनुसार न्याय सम्पादन गरिनुपर्नेमा जोड दिए ।