प्रश्नपत्र समेत नयाँ बनाउन नसक्नेहरुले के पढाउँछन् ?

मुलुकको सबभन्दा ठूलो र जेठो त्रिभुवन विश्वविद्यालयभित्रको बेथिति कतिसम्म चुलिएको रहेछ भन्ने उदाहरण त प्रश्नपत्रहरु समेत अघिल्लो वर्षहरुको हुबहु गरेको घटनाबाटै प्रमाणित भएको छ । प्रश्नपत्रहरु हुबहु भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन …

सम्बन्धित सामग्री

इतुम्बहा: भित्र संग्रहालय बनाउन लागेको भन्दै रुबिन गो ब्याक अभियान

१२ साउन, काठमाडौं । अमेरिकाको रुबिन म्युजियमले नेपालकै इतुम्बहा: भित्र संग्रहालय बनाउन लागेको भन्दै विरोध भएको छ । अभियान्ताहरुले रुबिन गो ब्याक अभियान नै सञ्चालन गरेका छन् र उनीहरुले प्रदर्शन समेत गर्दै आएका छन् । अन्तर्राष्ट्रिय समुदायमाझ आफूलाई नैतिक देखाउन रुबिनले नेपाल मण्डलको प्राचिन मध्येको एक इतुम्बहा:लाई २० हजार डलर दिइ बहा: भित्र संग्रहालय बनाउन […]

औद्योगिक करिडोर व्यवस्थित बनाउन लाग्छु : पूर्वमन्त्री श्रेष्ठ

पथलैया-विरगंज औद्योगिक करिडोर बारा ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा उद्योगी कृष्णकुमार श्रेष्ठले (किसान) मुलुककै ठूलो औद्योगीक करिडोर व्यवस्थित बनाउन आफूले प्रयास थाल्ने बताएका छन् । सिमरामा निर्वाचित भएको प्रमाणपत्र लिँदै श्रेष्ठले मुलुकको प्रमुख द्धार समेत रहेको करिडोरलाई उद्योगमैत्री बनाउन आफूले स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारमा नीतिगत दबाव थाल्ने बताए । पूर्वश्रममन्त्री समेत […]

शिक्षालाई उत्पादनमुखी बनाउन हाम्रो जोड छ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताएका छन् । सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको निर्माण नै शिक्षा भएको बताए । ‘शिक्षा क्षेत्रमा सुधार नगरीकन नेपाली समाजलाई अनुशासित, सम्मृद्ध र सुसंस्कृत बनाउन सकिँदैन, नेपालको उत्पादन प्रकृयालाई समाज

खषभाषालाई कामकाजी बनाउन भाषा आयोगको जोड

जुम्ला-जुम्ली मातृभाषा (खषभाषा) लाई कामकाजी बनाउन भाषा आयोगले जोड दिएको छ । हरेक क्षेत्र, भेग र जिल्लाको मातृभाषा लोपोन्मुख बन्दै गएपछि संरक्षणमा जुम्लाको मातृभाषा (खषभाषा) लाई कामकाजी बनाउनु पर्नेमा आयोगले जोड दिएको हो । मुलुकका सबै सामुदायिक विद्यालयमा मातृभाषा शिक्षणदेखि सरकारी कार्यालयमा समेत मातृभाषालाई कामकाजी बनाउन आवश्यक रहेको भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले बताए […]

स्थानीय तहले किन बनाउन सकेनन् आफ्नै कानुन ?

काठमाडौँ – स्थानीय तहले आफ्नो कानुन आफैं बनाउन सक्छन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेत रहेको स्थानीय तहले आफ्नो कानुन आफैँ बनाउन सक्ने अधिकार नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको छ। तर, आफ्नो कानुन आफैं बनाउन सक्ने बलिया र शक्तिशाली स्थानीय तहमा यो अधिकारकै प्रयोग हुन सकेको छैन। कानुनले दिएका अधिकारको अभ्याससमेत […]

नागरिकता बनाउन दुई दिन कुर्नुपर्ने बाध्यता

सल्यान : इलाका प्रशासन कार्यालय थारमारेमा जनशक्तिको अभाव र सेवाग्राहीको भिड हुँदा नागरिकता बनाउन सास्ती भएको छ।सेवाग्राहीको चापका कारण कार्यालयमा अन्य सेवा समेत प्रभावित भएको छ। सेवाग्राहीको चाप बढेसँगै नागरिकता बनाउन दुई दिन कुर्नुपर्ने बाध्यता भएको हो। प्रशासनमा दैनिक सरदर ५० नयाँ नागरिकता जारी हुने गरेको कार्यालयले जनाएको छ।२० देखि २५ जना जति नागरिकता प्रतिलिपि, ३० देखि ३५ जनासम्म अन्य सिफारिस लिन आउने हुँदा दैनिक १ सयदेखि १२० जनासम्म सेवाग्राही आउने गरेको इलाका प्रशासन कार्यालय थारमारेका प्र

प्रचण्डले विना मगरलाई मन्त्री बनाउन नपाउने तर्क गरेको मन परेनः गोकुल बाँस्कोटा

काठमाडौं, १५ भदौ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विना मगरलाई मन्त्री बनाउन नपाउने तर्क गरेको विषय आफूलाई मन नपरेको टिप्पणी गरेका छन् । उनले प्रचण्डले माओवादी अध्यादेशबाट समेत नबनाएको भन्दै व्यङ्ग्य समेत गरेका छन् । प्रचण्डले पार्टी बनाउने र अरुले निर्देशन दिने भन्दै उनले आलोचना समेत गरेका […]

चिनियाँ सेनाले तिब्बतीहरूको इकाइ बनाउन खोज्दै, गोर्खाली भित्र्याउन समेत प्रयास

चिनियाँ जनमुक्ति सेनाले पहिलोपटक तिब्बतीहरू मात्र राखिएको सैन्य इकाइ बनाउने प्रयास गरेको छ ।  भारतका सैन्य गुप्तचर अधिकारीहरूले आईएएनएस समाचार संस्थालाई बताएअनुसार, चिनियाँ सेनाका वरिष्ठ अधिकारीहरू तिब्बतका विशेष ठाउँमा गएर तिब्बतीहरू मात्र समावेश गरिने सुरक्षाबल बनाउन खोजिरहेका छन् । त्यसमा समावेश गरिएका अधिकांश तिब्बतीहरू मिश्रित हुन् अर्थात् अधिकांशका तिब्बती आमा र हान चिनियाँ पिता छन् ।  चिनियाँ सेनाका पूर्व हान चिनियाँ सैनिकहरूले तिब्बती महिलासँग विवाह गरेर जन्माएका सन्तान उक्त टुकडीमा रहने गुप्त...

पीपीई बनाउन समेत प्रयोग हुने प्राकृतिक रबर संकटमा

२१ वैशाख, काठमाडौं । प्राकृतिक रबरको एक खास विशेषता भनेको नै मजबुती, लचिलोपना र पानीबाट नबिग्रनु हो । यो हाम्रो गाडीको टायर बनाउन प्रयोग गरिने कच्चा पदार्थ हो । यसैबाट हाम्रो जुत्ताको सोल पनि बन्ने गर्छ । इन्जिन र रेफ्रिजेरेटरको सिल बनाउन होस् वा तार र बिजुलीको दोस्रो कम्पोनेन्टको इन्सुलेट गर्नको लागि होस् । रबरको […]