नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिला वर्गलाई लक्षित गरि विभिन्न बैंकिङ्ग तथा ईन्स्योरेन्स सुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । मासिक न्यूनतम रु २५,००० र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशुल्क लकर सुविधा लगाएत थुप्रै बैंकिङ्ग सुविधाहरु रहेको बैंकले जनाएको छ ।बैंकका अनुसार रु१०,००,००० बराबरको र्दुघटना बिमा सुविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको छ । बैंकले नेपालभर २१३ शाखाहरु, १४८ एटिएमकासाथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।