चालीस उद्योग स्थापनाको तयारी

काभ्रेपलाञ्चोक, ३१ असोज । लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिकाले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम अघि बढाइएको छ। पाँचखालमा करिब ४० उद्योग स्थापनाको तयारीमा रहेको नगरप्रमुख महेश खेरेलले […]

सम्बन्धित सामग्री

धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालन गर्ने तयारी

विराटनगर। कोशी प्रदेश सरकारले धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी थालेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अबको ६ महीनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनमा आउने खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिएका छन् । अ‍ौद्योगिक ग्राम क्षेत्रको अवलोकनपछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर नल्याए कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौओटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए । तिनमा सेनेटरी प्याड र खाद्य सामग्री उत्पादन भए पनि परिमाण कम छ । मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरूपमा सञ्चालन गरे पूर्वी पहाडी क्षेत्रको जनजीविका सहज हुने बताउँदै सञ्चालनका लागि आवश्यक निर्देशन दिएका हुन् ।  मुख्यमन्त्री कार्कीले भने, ‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।’ ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने प्रदेश सरकारको विश्वास छ ।

बागमतीमा भूमि बैंक स्थापनाको तयारी अन्तिम चरणमा

हेटौंडा– बागमती प्रदेश सरकारले भूमि बैंक स्थापना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बिहीबार मकवानपुरको बकैया गाउँपालिकास्थित कृषि उद्योग ग्रामको अनुगमनका क्रममा सो कुराको जानकारी दिए । मन्त्री चित्रकारका अनुसार आगामी आर्थिक वर्षदेखि नै भूमि बैंक स्थापना तथा सञ्चालनलाई तीव्रता दिइनेछ। संघ र स्थानीय तहले पनि […]

बाँस र कृषि औजार उद्योग खोल्ने तयारी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँस र कृषि औजार सम्बन्धी उद्योग खोल्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत् गाउँपालिकाले बाँस र कृषि औजारका सामग्री उत्पादनका लागि उद्योग स्थापनाको कामलाई तीव्रता दिएको हो । बाँस र फलामबाट विभिन्न सामग्री उत्पादनका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा उद्योग स्थापना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी […]

रुपन्देहीमा बन्दै छ देशकै ठूलो र स्वचालित आलु उद्योग

बुटवल- रुपन्देहीमा मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकुलित समेत हुनेछ । रुपन्देहीका प्रतिष्ठित उद्योगी कृष्ण पौडेलले फस्ट च्वाइस् फूड प्रालि नामक आलु उद्योगको स्थापना गर्न लागेका हुन् । बुटवलमा मासु उद्योगको सफलतापछि उनले आलु उद्योग सञ्चालनमा ल्याउन लागेका […]

बागमती प्रदेश सरकार रासायनिक मल उद्योग खोल्ने तयारीमा

काठमाडौँ । बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । सङ्घीय सरकारको सहायता पाउने भएपछि प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको हो । सङ्घीय सरकारले रासायनिक मल उद्योग खोल्न आवश्यक अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै प्रदेश सरकारले उद्योग स्थापनाको विषयलाई अगाडी बढाउने तयारी गरेको कृषि […]

पाँचखालमा ४० उद्योग स्थापनाको तयारी

लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिकाले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम अघि बढाइएको छ । पाँचखालमा करिब ४० उद्योग स्थापनाको तयारीमा रहेको नगरप्रमुख महेश खरेलले बताए ।“पाँचखाल सुनको […]

दुई ठूला स्टील उद्योग आउँदै

बारा र रूपन्देहीमा दुई नयाँ स्टील उद्योग स्थापना गरिने भएको छ । बारामा नारायणी इस्पात प्रालि र रूपन्देहीमा एसआर आइरन इन्डस्ट्रिजले उद्योग स्थापनाको तयारी थालेका हुन् । दुवै उद्योगमा गरेर कुल एक अर्ब रूपैयाँ लगानी हुने बताइएको छ । बाराको जितपुरमा नारायणी इस्पात प्रालिले उद्योग स्थापनाको तयारी थालेको छ । उद्योग ६० करोड रुपैयाँको लगानीमा स्थापना हुनेछ । उद्योगले राल्ड प्रडक्ट ७५ हजार मेट्रिक टन, रिस्ट वायर १० हजार मेट्रिक टन, जीआई पाइप १० हजार मेट्रिक टन वार्षिक उत्पादन क्षमताको लक्ष्य राखेको छ । सञ्चालक सत्यनारायण क्यालका अनुसार उद्योग स्थापना हुने जग्गामा भौतिक पूर्वाधार निर्माणको तयारी सुरु भएको छ । ऋणबारे टुंगो नभएकाले उद्योग स्थापनाको काम ढिलो भएको उनले बताए । उनले भने, ‘बैंकिङ ऋणको टुंगो लाग्नेबित्तिकै प्लान्ट भित्र्याउन प्रतीतपत्र (एलसी) खोल्छौं ।’ क्यालका स्टार सिमेन्ट र नारायणी मिन्टलगायतका निर्माण सामग्री उद्योग छन् । त्यस्तै रूपन्देहीको पडसरी गाविसमा स्थापना हुने एसआर आइरन इन्डस्ट्रिजमा ४० करोड रुपैयाँको लगानी रहने सञ्चालक सीताराम उप्रेतीले बताए । उद्योगले छड, पत्ती, च्यानल लगायतका सामान उत्पादन गर्नेछ । यसको उत्पादन क्षमता प्रतिदिन एक सय २५ टन रहने उप्रेतीले बताए उद्योग स्थापनाको तयारी सुरु भइसकेपछि भदौपछि मात्र प्लान्टलाई आवश्यक पर्ने उपकरणका लागि प्रतीतपत्र खोल्ने बताइएको छ । वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

नयाँ उद्योगीलाई सहुलियत ब्याजमा ऋण दिन एक अर्बको कोष बन्दै

काठमाडौँ– सरकारले नयाँ उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहनको तयारी गरेको छ । त्यसका लागि सरकारले नयाँ उद्योग सञ्चालन गर्नेलाई एक प्रतिशत ब्याजदरमा ऋण दिने परियोजना तयार पारिरहेको छ । सरकारले बजेटमा नै समावेश गरी नयाँ उद्योगीलाई सस्तो ब्याजमा ऋण दिन एक अर्बको कोष स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको हो । अहिले कोष स्थापनाको काम भइरहेको […]

चार ग्यास उद्योग थपिने

३८ करोड लगानीमा थप चार एलपी ग्यास उद्योग स्थापना हुने भएको छ । चारवटै ग्यास उद्योगले एक वर्षभित्रमा आफ्ना उत्पादन बजारमा ल्याउने तयारी गरेका छन् । चौधरी समूहको प्रमुख स्वामित्व रहेको नेपाल ल्यूब आयल लिमिटेडले बारामा एनएन ग्यास उद्योग स्थापना गर्न लागेको छ । त्यसैगरी, धादिङमा श्रीराम ग्यास उद्योग तथा नवलपरासीमा जानकी ग्यास उद्योग स्थापना हुन लागेका छन् । झापामा कन्काई ग्यास उद्योग स्थापनाको चरणमा छ । बाराको डुमरबानामा स्थापना हुने एनएन ग्यासको पुँजी ३० करोड र वार्षिक ग्यास रिफिलिङ क्षमता १५ हजार मेट्रिक टन हुनेछ । उद्योगले ग्यासको प्लान्ट खरिद गर्न डेढ महिनाअघि नै प्रतीतपत्र (एलसी) खोलिसकेकोमा केही साताभित्रै ग्यासको प्लान्ट आइपुग्ने उद्योगले जानकारी दिएको छ । ‘असोजतिर ग्यास रिफिलिङ तथा वितरण सुरु गर्छौं,’ नेपाल ल्युबका वरिष्ठ अधिकृत श्रीकृष्ण महर्जनले बताए । अन्य दुई ग्यास उद्योगहरू श्रीराम र जानकी भने कोशी ग्यासका सञ्चालक अजयकुमार नेपाल तथा विजयहरि शर्मासहितका लगानीकर्ताले स्थापना गर्न लागेका हुन् । श्रीराम ग्यास उद्योग धादिङको भूमेस्थानमा स्थापना हुनेछ । उद्योगमा जग्गाको मूल्यबाहेक रू. १० करोडको लागत हुने कोशी ग्यासका वित्त विभाग सहायक सञ्जित शर्माले बताए । उद्योग स्थापनाको सरकारी प्रक्रिया सकिएकाले साउनबाट यसको काम तीव्र बन्ने उनले बताए ।  वर्ष ५, अंक ४४, २०६७, असार २१– २७

प्रदेश–१ का चार स्थानमा आयुर्वेद उद्योग स्थापनाको तयारी

प्रदेश–१ सरकारले आयुर्वेद उद्योग स्थापना गर्ने तयारी सुरु गरेको छ । झापा, मोरङ र सुनसरीका चार स्थानमा आयुर्वेद उद्योग स्थापनाका लागि सरकारले तयारी थालेको हो । प्रदेश–१ मा उत्पादन हुने जडीबुटीबाट आयुर्वेद उद्योग सञ्चालन गर्ने तयारी गरिएको मुख्यमन्त्री शेरधन राईले बताए । “प्रदेश–१ मा आयुर्वेद चिकित्सा एवं औषधि प्रशोधन तथा उत्पादन केन्द्र स्थापनाको पहल सुरु भएको छ,” मुख्यमन्त्री राईले भने ।