जावलाखेल उपाधि होडबाट बाहिरियो

इतिहासमै पहिलोपटक जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बन्ने संघारमा थियो । चालू लिगमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष तीन स्थानबाट तल नझरेको जावलाखेलको च्याम्पियन बन्ने सपना एकाएक तुहिएको...

सम्बन्धित सामग्री

थ्रिस्टार क्लब आहारारा गोल्डकपको उपाधि नजिक

कास्की– पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबलमा थ्रिस्टार क्लब प्रतियोगिताको उपाधि नजिक पुगेको छ । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले गरेको एक मात्र निर्णायक गोलले थ्रिस्टारलाई उपाधि नजिक पुर्‍याएको हो । पोखरा रङ्गशालामा आज सम्पन्न सेमिफाइनलको पहिलो खेलमा थ्रिस्टारले जावलाखेल युवा क्लबमाथि १-० को साँघुरो जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश […]

प्रथम काभ्रे पुरुष व्हीलचियर प्रतियोगिताको उपाधि जावलाखेल व्हीलचियर क्लबलाई

धुलिखेल । प्रथम काभ्रे पुरुष व्हीलचियर प्रतियोगिताको उपाधि जावलाखेल व्हीलचियर क्लबले जितेको छ । मेरुदण्ड पक्षघात संघको काभ्रेको आयोजनामा धुलिखेलमा आयोजना भएको प्रतियोगितामा जावलाखेल व्हीलचियर क्लबले त्रिभुवन आर्मी क्लबलाई फाइनलमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा मेरुदण्ड पक्षघात समूह नेपालले तेस्रो स्थान हासिल गरेको छ भने नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले […]

उपाधि होडमा रहेको मच्छिन्द्र बराबरीमा रोकियो

काठमाडौँ : उपाधि होडमा रहेको मच्छिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएको छ।त्यस्तै अर्को खेलमा एपिएफले जावलाखेल युथ क्लबलाई पराजित  गरेको छ। शहीद स्मारक ए डिभिजन लिगका खेलहरूमध्ये ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा आर्मीले लिएको शुरुवाती अग्रतालाई १–१ को बराबरी ल्याउँदै अंक बाँडेपछि मच्छिन्द्रको उपाधि होडमा धक्का लागेको हो।‘ए’ डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र क्लबविरुद्ध १–१ को बराबरीमा रोकिएको छ। बराबरीसँगै २२ खेलमा २९ अंक जोडेको आर

जावलाखेलको शीर्ष सम्भावना कमजोर

पहिलो चरणको समाप्तिमा शीर्ष स्थानमा बस्दै क्लब इतिहासकै सर्वाधिक सफल नतिजा निकाल्ने संकेत गरेको जावलाखेल युथ क्लब पछिल्लो केही खेलमा लगातार जितविहीन बनेसँगै सहिद स्मारक ‘ए’डिभिजनको उपाधि सम्भावना कमजोर बनेको छ।...

जावलाखेलको शीर्ष सम्भावना कमजोर

पहिलो चरणको समाप्तिमा शीर्ष स्थानमा बस्दै क्लब इतिहासकै सर्वाधिक सफल नतिजा निकाल्ने संकेत गरेको जावलाखेल युथ क्लब पछिल्लो केही खेलमा लगातार जितविहीन बनेसँगै सहिद स्मारक ‘ए’डिभिजनको उपाधि सम्भावना कमजोर बनेको छ।...

जावलाखेल हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि होडमा रहेको जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट जोगिएको छ । दुई गोलले पछि परेको स्थिति उल्ट्याएर जावलाखेलले संकटा क्लबसँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाका आयुष घलान र चन्दन दासले गोल गर्दा जावलाखेलका एनकोटो मासोएबी […] The post जावलाखेल हारबाट जोगियो first appeared on Hamro Khelkud.

संगमलाई वार्सटाइनर गल्फ प्रतियोगिताको उपाधि

काठमाडौं (अस) । रोयल नेपाल गल्फ क्लबमा नोभेम्बर २६ र २७ मा भएको यस वर्षको वार्सटाइनर गल्फ प्रतियोगिता २०२१ को उपाधि संगम केसीले जितेका छन् । ३÷४ स्टेबलफोर्ड ढाँचामा खेलेका केसीले ४१ अंकका साथ च्याम्पियनसिप जितेका हुन् । सञ्जीव तिवारी ३८ अंकका साथ पुरुष उपविजेता बने । हरि थापा ३३ अंकका साथ ग्रस विजेता भए । गीता गुरुङले २९ अंक जोड्दै महिलातर्फको उपाधि जितिन् । त्यस्तै, लेफ्टिनेन्ट जनरल विजय एसजेबी राणाले ३८ अंकसहित सिनियर खण्डको उपाधि जिते । मेजर जनरल विजय मोक्तानले ३६ अंक जोड्दै सिनियर रनरअपको उपाधि जिते । मिथुन राईले मोस्ट बर्डीजको अवार्ड जिते भने फुरसाङ लामाले लंगेस्ट ड्राइभको अवार्ड जिते । क्लोजेस्ट टु द पिनको उपाधि भाइराजा पाण्डेले जिते । लेफ्टिनेन्ट कर्णेल ईश्वर बुढाथोकी ३९ अंकका साथ अतिथि विजेता र बेस्ट स्पोर्टस्को उपाधि तेजबहादुर राईले जिते । विजेतालाई जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रमुख बिक्री अधिकृत प्रवीरकुमार नाग, पूर्वप्रधानसेनापति प्रज्ज्वल जबरा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचन्डबहादुर श्रेष्ठ, क्याप्टेन राजेन्द्रमान शेरचन, पूर्वअध्यक्ष मधुकर याक्थुम्बा र नेपाल गल्फ एसोसिएसनका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे । प्रतियोगिताका विजेतालाई वार्सटाइनर ट्रफी र अन्य विभिन्न १२ विधाका विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।

आर्मीलाई हराउँदै जावलाखेल उपाधि होडमा

विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै जावलाखेल यूथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि होडमा फर्किएको छ ।

उपाधि दावेदार जावलाखेल एपिएफसँग स्तब्ध

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दावेदार जावलाखेल क्लब विभागीय टोली एपिएफ क्लबसँग पराजित भएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा जावलाखेल एपीएफसँग २–० गोलले स्तब्ध बनेको हो ।

मनाङसँग बराबरीमा रोकियो जावलाखेल

उपाधि दौडमा रहेको जावलाखेल युथ क्लबले शहिद स्मारम ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा जावलाखेल र मनाङले २-२ गोलको बराबरी खेल्दै अङक बाँडेको हो ।