नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता खारेज हुनुपर्ने भन्दै ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुले बुधबार काठमाडौंको शान्तिबाटिकामा प्रदर्शन गरेका छन् । उनीहरुले सो विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश पालना गर्न माग गरेका हुन् । ब्रिटिश गोर्खा सैनिकहरुको न्याय, समानता र स्वाभिमानका लागि आफूहरु सडकमा आउनुपरेको ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनका अध्यक्ष पदमसुन्दर लिम्बूले बताए ।