सर्वसाधारणका लागि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । अंकित मूल्य प्रतिकित्ता १०० का दरले कम्पनीले कुल १९ लाख ५७ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ३९ हजार १५० कित्ता कर्मचारी र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहने १८ लाख २० हजार ४७५ कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँट गरिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।