काठमाडौं : तत्काल संसदको अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
नेकपाका स्थायी कमिटी सदस्यहरु भीम रावल र पम्फा भुसालसहितका सांसदहरु शितल निवास पुगेका हुन्। सरकारले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेसँगै नेकपा भित्र थप विवाद उत्पन्न भएको छ।