काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक वीरगञ्जमा बस्ने गरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए। बैठक दुई दिनसम्म चल्ने छ। पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो। पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए। नयाँ मन्त्रीलाई पठाउने गरी […]