काठमाडौं : रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ५ सल्लाघारी बस्ने २० वर्षीया पुनमाया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।वर्किङ भिषामा रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने गरी काममा लगाइदिन्छु भन्दै श्रेष्ठले प्रतिव्यक्ति ६ लाख रूपैयाँ उठाएकी थिइन्।पीडितहरूबाट १७ लाख ७५ हजार रूपैयाँ रकम लिई सम्पर्क विहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहर