काठमाडौं : शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेकाले अबको दुई\तीन दिन मनसुन कमजोर भई वर्षा कम हुने विभागले जनाएको छ।हाल देशभर