म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

म्याग्दी : म्याग्दी उद्योग वाणिज्य संघको ३० औँ वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले बेनीका युवा व्यवसायी सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।शनिबार सुरु भएको अधिवेशन आइतबार राति  नयाँ नेतृत्व चयन गर्दै समाप्त भएको हो। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लीलाराम गौतम, द्धितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत रुपमा चयन भएका छन्।त्यसैगरी, कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतीलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषा

सम्बन्धित सामग्री

महिला उद्यमीलाई अचार बनाउने तालीम

म्याग्दी  । म्याग्दीको बेनीमा महिला उद्यमीलाई अचार बनाउने तालीम दिइएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिला उद्यमीको आर्यआर्जन बढाउने उद्देश्यले उक्त तालीम सञ्चालन गरेका हुन् । ५ दिनसम्म चलेको तालीममा ८० जनाको सहभागिता थियो । तालीममा सहभागीलाई स्थानीय उत्पादनबाट अचारको परिकार बनाउन सिकाइएको थियो । लघुउद्यमी धनमाया रानाले अमला, कागती, गुन्द्रुक, भटमास, टुसो, मेथी, लप्सी  लगायतबाट अचारका परिकार बनाउन सहजीकरण गरेकी थिइन् । उनले तालीममा सिकेको शीपका आधारमा समय अनुसार उत्पादन हुने स्थानीय उत्पादनबाट अचार बनाएर आयआर्जन गर्न आग्रह गरिन् । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पछिल्लो समय अचारको माग बढेको कारण अचार बनाउने तालीम आयोजना गरिएको बताए । उनले घरमा मौसमी र बेमौसमी रूपमा उत्पादन हुने वस्तुको स्वादिलो अचार बनाएर विक्री गर्न तालीमका सहभागीलाई आग्रह गरेका थिए । उनले उत्पादन भएका अचार लगायत अन्य उत्पादनको बजारीकरणका लागि  संघले ‘कोसेली घर’ सञ्चालन गर्न लागेको जानकारी दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष उत्तमबहादुर कर्माचार्य, पूर्वअध्यक्ष सुदर्शनकुमार श्रेष्ठ र पत्रकार घनश्याम खड्काले लघु उद्यममार्फत आफू, परिवार र समाजलाई आत्मनिर्भर बनाउन उद्यमशीलतामा सक्रिय हुन आग्रह गरेका थिए ।

ताकममा व्यवसाय दर्ता शिविर शुरू

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा सोमबारदेखि व्यवसाय दर्ता शिविर शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि बजार इकाइको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका प्रमुख थमसरा पुनले ग्रामीण भेगका नागरिकलाई आफ्नो पेसा, व्यवसाय दर्ता गरेर सञ्चालन […]