दलित आयोगको ४३ उजुरी सुनुवाइ हुन बाँकी

२७ माघ, काठमाडौं । राष्ट्रिय दलित आयोगले छानबिन र कारबाहीका लागि सिफारिस गरेका ४३ वटा उजुरीको सुनुवाइ हुन बाँकी रहेको बताएको छ । जात र थरकै कारण भएका कुटपिट, हत्या, दुर्व्यवहार, बहुविवाह, दलित छात्रवृत्ति हिनामिनाजस्ता विषयमा परेका उजुरी विभिन्न सरकारी निकायमा कारबाहीका लागि सिफारिस गरेको तर, सुनुवाइ हुन बाँकी रहेको आयोगले जनाएको छ । बिहीबार […]

सम्बन्धित सामग्री

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं, पुस १३ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । काठमाडौं जिल्ला अदालतमा मुद्दा बिहीबार बहस भएर सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीको तर्फबाट बयान नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो। आइतबार अन्तिम सुनुवाइ शुरू भएको मुद्दामा प्रतिवादीको बहस नसकिएको र जवाफी बहससमेत बाँकी नै […]

सर्वोच्चका लागि सिफारिस ६ मध्ये दुई न्यायाधीशको संसदीय सुनुवाइ सकियो

काठमाडौँ – सर्वोच्च अदालतका लागि सिफारिस भएका ६ जना न्यायाधीशमध्ये दुई जनाको संसदीय सुनुवाइ सकिएको छ। उच्च अदालतको न्यायाधीशबाट सिफारिस सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ सकिएको हो। बाँकी चार जना बालकृष्ण ढकाल, सुनिल पोखरेल, टेकप्रसाद ढुङ्गाना र महेश शर्मा पौड्यालको सुनुवाइ आइतबार र सोमबार हुनेछ। निर्णय एकैपटक सोमबार गर्ने तयारी छ।

म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीको बाँकी मुद्दाकाे अन्तिम सुनुवाइ आज

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले जेलमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको रिहाइको माग गरेपछि म्यानमारको अदालतले आज साेमवार बाँकी अन्तिम मुद्दाको सुनुवाइ गर्ने भएको छ ।  सन् २०२१ को फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकी जेलमा रहँदै आउनुभएको छ । ७७ वर्षकी सुकीलाई भ्रष्टाचारदेखि अवैधरूपमा वाकिटकी आयात गर्ने र सरकारी गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गरिएको छ । अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोङ्गको संज्ञा दिएका छन् ।  गएकाे बुधवार ...

मेयर बालेनविरुद्ध सर्वोच्चमा अपहेलना मुद्दाको सुनुवाइ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अदालत अपहेलना मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। अदालतको मानहानी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतको अपहेलनासम्बन्धी रिटमाथि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो। मुद्दाको आदेश भने आउन बाँकी छ।

अधिकांश न्यायाधीश इजलासमा, सबैखाले मुद्दामा सुनुवाइ

सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणसहित सबैखाले मुद्दामा सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । दशवटा इजलासमा नौ वटा संयुक्त र एउटा एकल इजलास तोकिएको थियो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलास बसेको छैन । बाँकी सबै इजलासमा सुनुवाइ भएको छ ।   न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, न्यायाधीशहरु मीरा खड्का र सुष्मालता माथेमा, न्यायाधीशहरु हरिकृष्ण कार्की र हरिप्रसाद फुयाँल, न्यायाधी...

सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोके पनि कुनै पनि बेच्न बसेर सुनुवाइ हुन सकेन ।      पेसी तोकिएकोमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो । उक्त मुद्दाको सूचीमा ‘हेर्न नभ्याइएको’ भनेर जनाइएको छ भने बाँकी पेसीमा ‘बेच्न बस्न नसकेको’ भनेर जनाइएको छ । आइतबार मध्यान्हदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको ...

संसद विघटन विरुद्ध परेका २९ रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

दाेस्रोपटक प्रतिनिधिसभा विघटन विरुद्ध परेका बाँकि २९ रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च  अदालतले विघटन विरुद्ध परेका ३० रिटमध्ये एक सय ४६ सांसदको तर्फबाट परेको रिटलाई मुल मुद्धा...

विघटन बहस : संवैधानिक इजलासमा सुनुवाइ शुरु

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आइतबार संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीका लागी इजलासले तोकेको २ घण्टा ३५ मिनेट समय बाँकी छ । आइतबार कांग्रेस सभापति शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिने छ । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई  छन् ।

संवैधानिक इजलासमा सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ जारी छ । इजलासले रिट निवेदकका लागि बहस गर्न निर्धारित समयमध्ये ४ घण्टा ४५ मिनेट बाँकी छ । शुक्रबार सोही बाँकी समयभित्र रिट निवेदकका पक्षबाट कानुन व्यवसायीले बहस गर्दैछन् ।शुक्रबार सुरुवातमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस थालेका छन् । उनलाई २० मिनेटको समय दिइएको छ ।काँग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट अर्यालले बहस सुरु गरेका हुन् ।बिहीबार वरिष्ठ अधिवक्ताहरू रमन कुमार श्रेष्ठ, हरि

दुई अधिवक्तामै अल्झिएको सोमवारको बहस र शम्भु थापाले सुनाउन बाँकी रहेको सायरी

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि पछिल्लो केही दिनयता फटाफट अघि बढेको सुनुवाइ र बहसको शृंखला सोमवार दुई अधिवक्तामै अल्झियो । आइतवार बहस नसकाएका अधिवक्ताले सोमवार आफ्नो बहसलाई बिट मारे, अर्का अधिवक्ताको बहस शुरू भएर बिट मार्न बाँकी रह्यो । आइतवार बहसलाई अधुरो छाडेका अधिवक्ता मेघराज पोखरेलले सोमवार आफ्नो बहसलाई टुंग्याएका छन् । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस मंगलवारका लागि पनि बाँकी रह्यो । *** सोमवारको बहस आइतवार टुंगिएकै अवस्थाबाट शुरू भएको थियो । ...