काठमाडौं : सरकारले आफ्ना नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन नसक्दा वैदेशिक रोजगारमा जाने श्रमिक समस्यामा परेका छन्। मुख्य श्रम गन्तव्य मुलुकहरुले कामदार लिन कोरोनाविरुद्धको खोपलाई अनिवार्य बनाएसँगै ३५ हजार भन्दा बढी नेपाली श्रमिक अलपत्र गरेका हुन्। भिसा आइसकेका र श्रम स्वीकृति लिइसकेका श्रमिकले खोप लगाउन नपाएका कारण वैदेशिक रोजगारीमा जान पाएका छैनन्। जसका कारण ३५ हजार भन्दा बढी श्रमिकको रोजगारी गुम्ने देखिएकाे छ।सरकारले समयमै खोप उपलब्ध गराउन नसक्दा भिसा आएका