शहीद लिम्बुको अन्त्येष्टि आज गरिँदै

विराटनगर : प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका शहीद पदमकुमार लिम्बुको अत्येष्टि गरिँदै छ। शवयात्रापछि शनिबार दिउँसाे अन्त्यष्टि गरिने प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ। आज बिहान १० बजे धरानमा, ११ बजे इटहरी र साढे १२ बजे रोडशेष चोक विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। श्रद्धाञ्जली सभापछि प्रदेशसभा परिक्रमा गरी २ः३० बजे शहीद लिम्बुको घर बेलबारीमा शव पुर्‍याउने कार्यक्रम तय भएको संघीय लिम्बुवानका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी