काठमाडौँ : बंगलादेशले आइतवार साफ यु–१६ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै बंगलादेश च्याम्पियन भएको हो।निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णयका लागि टाइब्रेकरतर्फ धकेलिएको थियो। भारतका एलिना देवी र दिव्यानीको पेनाल्टी सफल भएन। सौरभी प्रीतिको प्रहार भारतकी गोलकिपर सुरभीकुमार मुन्नी रोक्दै बंगलादेशमाथि दबाव बनाइन्। लगत्तै भारतकी कप्तान श्वेता रानीले गोल