सवारी प्रदूषण परीक्षण गर्ने उपकरण नै राम्ररी चल्दैन

काठमाडौ : सवारीसाधनको प्रदूषण परीक्षण गर्न भन्दै ल्याएको उपकरण यतिबेला आफैँ परीक्षण क्रममा रहेको छ। ३ करोड रुपैयाँ खर्चेर ल्याएको मेसिन सरकारी बेवास्ताका कारण १० वर्षदेखि प्रयोगविहीन बनेको हो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा नियमावली, २०५४ मा सार्वजनिक सवारीको अद्यावधिक जाँचपास, प्रदूषण परीक्षण, सवारीमा गरिने फेरबदलसम्बन्धी स्वीकृति लगायत काम गर्न केन्द्र स्थापना गरिएको हो।२०४६ सालको राजनीतिक परिवर्तनपछि काठमाडौं उपत्यकामा अत्यधिक सवारीसाधन भित्रिएको थियो। सो क्र