चीनकी टेनिस खेलाडी पङले लगाइन् पूर्व उपप्रधानमन्त्रीमाथि गम्भीर आरोप

चीनकी प्रसिद्ध टेनिस खेलाडी पङ शुआईले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै चीनका पूर्व उपप्रधानमन्त्रीमाथि यौन शोषणको आरोप लगाएकी छन् ।  पछि उनले पोस्ट डिलिट गरिन् । मंगलवार अबेर राति उनको भेरिफाइड वीबो अकाउन्टको स्क्रीनशटमा यसको पुष्टि भएको थियो ।  रोयटर्स समाचार संस्थाका अनुसार, पङले चाङ गाओलीविरुद्ध आरोप लगाएकी हुन् । पोलिटब्युरो स्थायी समितिका पूर्व सदस्य चाङले यौनका लागि बाध्य बनाएको पङको आरोप छ ।  पोस्ट हटाइएपछि इन्टरनेटमा पङको नाम खोजी गरिन थालेको थियो ।  उनको पोस्टको स्क्रीनशट सामाजिक ...

सम्बन्धित सामग्री

चीनकी टेनिस खेलाडीले बयान फेरिन्, ‘पोस्टले भ्रम फैलायो, यौन शोषण भएको होइन’

चीनकी चर्चित टेनिस खेलाडी पेंग शुआईले सोसल मिडियामा उनको पोस्टले ‘निकै ठूलो भ्रम’ फैलाएको बताएकी छिन् । शुआईले कुनै प्रकारको यौन शोषणको कुरा गर्न अस्वीकार गरेकी छिन् ।कुनै पनि पश्चिमी मिडिया आउटलेटलाई दिएको आफ्नो पहिलो अन्तरवार्तामा पेंग शुआईले उनी सामान्य जीवन बाँचिरहेको बताएकी छिन् । चीनका अधिकारीले पनि यस्तै भनिरहेका छन् ।वास्तवमा अघिल्लो वर्ष पेंग शुआईको एउटा सोसल मिडिया पोस्टमा शीर्ष चिनियाँ अधिकारीमाथि यौन उत्पीडनको आरोप लगाइएको थियो । पछि यो पोस्ट हटाइयो । त्यतिबेलादेखि

‘जनस्वास्थ्यमा खतरा’ भएको आरोप लगाउँदै जोकोविच दोस्रोपटक हिरासतमा

विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचलाई अस्ट्रेलियाले दोस्रोपटक हिरासतमा लिएको छ । जोकोविचका वकिलले यसबारे जानकारी दिएका हुन् । अब आइतबार अस्ट्रेलियाको एक अदालतमा उनको सुनुवाइ हुनेछ । अस्ट्रेलियाको सरकारले उनलाई जनस्वास्थ्यमा खतरा बताएको छ । अब अदालतले जोकोविच अस्ट्रेलियामा बिना खोप बस्न पाउने कि नपाउने निर्णय गर्नेछ । यसअघि अस्ट्रेलियाको अध्यागमन मन्त्री एलेक्स हकले जोकोविचको भिसा रद्द गरेका थिए ।जोकोविचका वकिलले अस्ट्रेलिया सरकारको यस फैसलालाई तर्कहीन बताएको छ । उनीहरुले यसविरुद्ध अदालतमा

अस्ट्रेलिया सरकारविरुद्धको केस जिते टेनिस खेलाडी नोभाक जोकोविचले

संसारका नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध भिसा रद्द गरिएको केस जितेका छन् ।  अस्ट्रेलिया सरकारले जोकोभिचको भिसा रद्द गर्ने फैसला लिनु गलत भएको अदालतले निर्णय दियो । त्यससँगै अदालतले जोकोविचको पासपोर्ट र अन्य सामग्री तत्काल फर्काउन पनि सरकारलाई आदेश दिएको छ ।  भिसा रद्द गरिएपछि जोकोविच चार दिनसम्म अध्यागमन विभागको होटलमा बसेका थिए ।  जोकोविचले कोरोनाको खोप नलगाइन अस्ट्रेलिया प्रवेश गरेको आरोप छ । अस्ट्रेलियामा त्यसका विषयमा कठोर कानून छ ।  मुद्दा जितेपछि जोकोभि...

चीनकी टेनिस खेलाडी पङ श्वाईले बयान फिर्ता लिएपछि...

चीनकी टेनिस स्टार पङ श्वाईले आफूमाथिको यौन उत्पीडनको कुरा नगरेको सिंगापुरको एक पत्रिकालाई बताएकी छन् ।  गत नोभेम्बर महिनामा आफ्नो वेबो अकाउन्टमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व शीर्ष नेतामाथि यौन शोषणको आरोप लगाएकी थिइन् ।  पङले भनिन्, ‘म महत्त्वपूर्ण कुरा भन्न खोज्दैछु । मलाई कसैले यौन शोषण गरेको भनेर कहिल्यै लेखेको छैन । म यो स्पष्ट पार्न चाहन्छु ।’ पूर्व उपप्रधानमन्त्री चाङ गाओलीविरुद्ध पङले यौन शोषणको आरोप लगाएपछि केही दिन गायब भएकी थिइन् । त्यसपछि उनको अवस्थाको चिन्ता व्यक्त गर्दै संसार...

चिनियाँ नेतामाथि यौन आरोप लगाउने टेनिस खेलाडी हराएपछि सर्वत्र चिन्ता

४ मंसिर, काठमाडौं । बेपत्ता भएकी चिनियाँ टेनिस खेलाडीको अवस्था सार्वजनिक गर्न सयुक्त राष्ट्रसंघ र अमेरिकाले माग गरेका छन् । शुक्रबार अमेरिका र राष्ट्रसंघले पेङ सुआईको शारीरिक र स्वास्थ्य अवस्थाबारे जानकारी दिन भनेका हुन् । ह्वाइट हाउसककी प्रेस सचिव जेन साकीले चीनसमक्ष पेङको अवस्थाबारे ‘स्वतन्त्र र पुष्टि गर्न सकिने प्रमाण’ उपलब्ध गराउन भनेकी छन् । […]

टेसिन खेलाडी पेङ प्रकरणले चीनमाथि दबाब

एजेन्सी । महिला टेनिस खेलाडी पेङ शुआई प्रकरणले चीनमाथि अन्तराष्ट्रिय दबाब बढ्दै गएको छ । चीनकी चर्चित टेनिस खेलाडी पेङ शुआईले गत नोभेम्बर २ तारिखमा सामाजिक संजाल वेबोमार्फत आफुलाई चीनका एक जना उच्च राजनीतिज्ञले यौन दुर्व्यवहार गरेको खुलासा गरेकी थिइन् । चीनका पूर्व भाइस प्रिमियर झाङ गाओलीमाथि दुर्व्यवहारको आरोप लगाएयता टेनिस खेलाडी पेङ सार्वजनिक रुपमा […]