काठमाडौं । मानुषी लघुवित्तले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बुधवार काठमाडौंमा सम्पन्न गरेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महिला सशक्तीकरणमा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गर्दै महिला उद्यमशीलताको विकासको लागि महानगरले गृहकार्य गरिरहेको बताइन् । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो । देशभर १४ जिल्लामा ३६ शाखामार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाको भनाइ छ । संस्थाले ८४ करोड ८६ लाख बचत संकलन गरी १ अर्ब ५२ करोड लगानी गरेको बताइएको छ ।