चितवन- २ मा रविकाे दाेब्बर अग्रता कायमै

काठमाडौँ- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दाेब्बर अग्रता कायमै गरेका छन्। ३७ हजार २२१ मत गन्दा लामिछानेले १७ हजार ५२९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४२ र गठबन्धनका उमेदवार कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६४१ मत ल्याएका छन्। उनी गठबन्धनभन्दा ८,८८८ मतले अगाडि छन्।