काठमाण्डाै – गएकाे एक वर्षमा नेपालमा छ लाखभन्दा धेरै विदेशी पर्यटक आएका छन् । सन् २०२२ मा हवाई माध्ययमबाट छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।
यो सङ्ख्या कोरोना महामारी सुरु हुनुभन्दा अघि अर्थात् सन् २०१९ को तुलनामा ४८ दशमलव ७० प्रतिशतले कमी हो । यसअघि विश्व पर्यटन सङ्गठनले नेपालको पर्यटन व्यवसाय सन् २०१९ को तुलनामा सन् २०२२ मा ६५ दशमलव १२ प्रतिशतले पुनरुत्थान हुने आँकलन गरेको भए पनि ५१ दशमलव २९ प्रतिशतले मात्रै पुनरुत्थान भएको हो...