तस्करी हुने क्रममा समातिएका चिम्पान्जी (चिम्पु र चम्पा) लाई अब सर्वसाधारणले जावलाखेलस्थित सदर चिडियाखानमा हेर्न पाउने भएका छन् । चिडियाखानाको व्यवस्थापक राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले शुक्रबार चिम्पु र चम्पालाई चिडियाखाना परिसरमै एसीजडित घरमा राखेको हो ।