नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकहरूले सावधिक जीवन बीमा योजना अन्तर्गत अनिवार्य रूपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ । योभन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो । विद्युतीय सरकारी लेखा (सिगास) प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाह