५ जना हत्याका आरोपी भारतीय नागरिकलाई बाँके जिल्ला अदालतले दियो सफाइ

१६ वर्षअघि बाँकेमा सुन व्यापारीको परिवारकै हत्या भएको घटनाका अभियुक्तलाई बाँके जिल्ला अदालतले सफाइ दिएको छ । नेपालगञ्जका सुन व्यापारी दीपक हेमकरको परिवारका ५ सदस्यको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई प्रमाण नपुग्ने र शङ्काको सुविधा पाउने भन्दै बाँके जिल्ला अदालतले सफाइ दिएको हो । बाँके जिल्ला अदालतका न्यायाधीश पूर्ण प्रस्ताव बास्तोलाको इजलासले हत्याका अभियुक्त भारतीय नागरिक किशोरीलाल सोनीलाई सफाइ दिने फैसला गरेको हो । गएको कात्तिक ७ गते भएको फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै प